प्रतिगमनविरुद्ध सबै लोकतन्त्रवादीहरू एक ठाउँमा आउनु पर्छ : डा. गोविन्द केसी

‘आफ्नो घृणित स्वार्थका लागि ओलीले संसद विघटन गरे’


३० माघ २०७७, शुक्रबार
govinda kc

काठमाडौं, ३० माघ । प्रतिनिधिसभा विघटनविरुद्ध शुक्रबार काठमाडौंमा नागरिक खबरदारी गरिएको छ । प्रजातान्त्रिक विचार समाजको आयोजनामा माइतीघर मण्डलमा भएको कायक्रममा प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक रहेको नागरिक समाजका अगुवाहरूले बताएका छन् ।

कार्यक्रममा प्रजातान्त्रिक विचार समाजका अध्यक्ष केदारनरसिंह केसीले सरकारको असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादी कदमविरुद्ध सबै बुद्धिजीवि एकै ठाउँमा उभिनु पर्ने बताए । सडक र सदन दुवैमा अराजकतावादी रहेका र तिनले लोकतन्त्रलाई नष्ट गर्न खोजेको उनले बताएका छन् । उनले लोकतन्त्र र प्रजातन्त्रको रक्षाका लागि सम्पूर्ण लोकतन्त्रवादीलाई एकजुट भएर अघि बढ्न आग्रह गरे ।

नागरिक खबरदारी कार्यक्रममा डा. गोविन्द केसीले जनताले रगत र पसिना बगाएर ल्याएको प्रजातन्त्रको मूल मर्म स्वतन्त्रता र नागरिक अधिकार भए पनि सरकारले खोसेको बताए । उनले आफ्नो घृणित स्वार्थका लागि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरी संविधान र प्रजातन्त्रको हत्या गरेको आरोप लगाए ।

‘प्रतिनिधिसभा विघटनको विरोध गर्नु प्रजातन्त्रवादीको परम कर्तव्य हो,’ उनले भने, ‘सम्पूर्ण प्रजातन्त्र र लोकतन्त्रवादीहरू एक ठाउँमा आउनु पर्छ ।’ उनीहरूले ‘विधिको शासन कायम गर’, ‘मानव अधिकारको रक्षा गर’, ‘हत्या, हिंसा बन्द गर’, ‘प्रेस स्वतन्त्रता सुनिश्चित गर’, ‘प्राज्ञिक स्वतन्त्रता कायम गर’लगायत नारा लेखिएको प्लेकार्डसहित विरोध प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७