महिला लघुवित्तको आइपिओ खुल्यो


३० माघ २०७७, शुक्रबार
ipo

काठमाडौं, ३० माघ । महिला लघुवित्त वित्तीय संस्थाको आइपिओमा आज शुक्रबारदेखि बिक्री खुल्ला भएको छ। अंकित मूल्य १ सयका दरले कुल ४ लाख कित्ता सर्वसाधारण समूहको सेयर बिक्री हुन लागेको हो।

जसमध्ये सामुहिक लगानी कोषलाई छुट्याएर बाँकी ३ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुल्ला गरिएको हो। छिटोमा फागुन ५ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रवन्धक एसबिआई मर्चेन्ट बैंकिङले जनाएको छ।

सिडिएससीको मेरो सेयर तथा आफ्नो खाता भएको बैंक शाखाबाट आइपिओमा आवेदन दिन सकिनेछ। न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।लघुवित्तको प्रधान कार्यालय बनेपामा छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७