माछापुच्छ्रे बैंकले ल्यायो आफ्नै मोबाइल वालेट ‘रेमिट्यापु ‘


३० माघ २०७७, शुक्रबार
machha phuchhere

काठमाडौं, ३० माघ । माछापुच्छ्रे बैंकले नेपाली कमर्सियल बैंकिङ्ग इतिहासमा पहिलो आफ्नै मोबाइल वालेट संचालनमा ल्याएको छ।

विशेषतः माछापुच्छ्रेले डिजिटल बैंकिङ्गमा नयाँ नयाँ खोज र अनुसन्धान गर्दै नयाँ नयाँ सेवा र सुविधाहरु आफ्ना ग्राहकहरु माझ संचालन गर्दै आएको छ।

डिजिटल बैंकिङ्ग सुविधाहरुलाई हरेक तह र तप्कासम्म पुर्याउने उद्देश्यले मोबाइल वालेट रेमिट्याप ल्याइएको बैंकले जनाएको छ।
रोबष्ट टेक्नोलोजीमा निर्माण भएको रेमिट्याप मोबाइल वालेट अत्यन्त सुरक्षित र चलाउन एकदमै सहज रहेको बैंकको दावी छ।

नेपालमा यसअघि कुनैपनि वालेटमा नभएका विशेषताहरु जस्तै भर्चुअल कार्ड सिर्जना गरि उक्त कार्डबाट भुक्तानी गर्ने, साथीलाई उक्त भर्चुअल कार्ड गिफ्ट गर्न सकिने, एउटै अकाउन्टबाट व्यक्तिगत तथा मर्चेन्ट दुवै कारोबार गर्न सकिने, आफ्नो व्यक्तिगत विवरण ९केवाइसी० भिडियो मार्फत अपलोड गर्न सकिने लगायतका विल्कुलै नयाँ विशेषताहरु यसमा रहेको बैंकले जनाएको छ।

रेमिट्याप विशेषगरि बिदेशबाट रेमिट्यान्स वालेटमा पठाउन तथा पाउन उपयोगी हुनेछ। रेमिट्यापले बिदेशको साथै नेपालभित्र नै एक ठाउँबाट अर्को ठाउँमा आन्तरिक रेमिट्यान्सको कारोबार गर्न पनि सहज बनाउने बैंकले जनाएको छ।

यसरी रेमिट्यापबाट पठाएको रेमिट्यान्स देशैभर छरिएका ७ हजार भन्दा बढी एजेन्टहरुबाट तुरुन्तै नगद भुक्तानी लिन सकिनेछ।

यसबाहेक रेमिट्याप वालेट भित्र अन्य बिभिन्न सेवाहरु खानेपानी, बिजुली, टेलिफोनको बिल तिर्ने लगायतका थुपै विशेषताहरु रहेका छन्। नेपाली तथा अङ्गेजी दुवै भाषामा यो एप चलाउन सकिने भएकाले हरेक तह र तप्कामा रहेका ग्राहकहरुको डिजीटल आवश्यकता रेमिट्यापले पूरा गर्ने विश्वास माछापुच्छ्रे बेंकले लिएको छ।


बैंकका देशभर १६० वटा शाखाहरु, १५६ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३२१ स्थानमा रहेका सेवा सञ्जाल तथा १९७ वटा एटीएमहरु तथा करिब २ हजार भन्दा बढि पिओएसमार्फत सेवा संचालनमा छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७