गरिमा विकास बैँक १४औं बार्षिक साधारणसभा सम्पन्न, १४.२१ प्रतिशत लाभांश पारित


१ फाल्गुन २०७७, शनिबार
14 Sadharan Sabha 2 oszZ5mop7v

काठमाडौं, ३० माघ । गरिमा विकास बैँकले १४औं बार्षिक साधारणसभाले १४.२१ प्रतिशत लाभांश पारित गरेको छ । शुक्रबार सम्पन्न साधारणसभाले सेयरधनीहरुलाई १३.५ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश गरि कुल १४.२१ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

साधारण सभाबाट संस्थापक शेयरधनी समुहतर्फ संचालकहरु श्याम प्रसाद बस्याल, डा. आनन्द प्रसाद श्रेष्ठ र दिपेन्द्र श्रेष्ठ तथा सर्वसाधारण शेयरधनी समुहतर्फबाट बिमल पाण्डे, संजिव ढकाल र सरस्वती पाठक निर्विरोध निर्वाचित भएका छन् । साथै, सञ्चालक समितीको बैठकले सञ्चालक श्यामप्रसाद बस्याललाई अध्यक्ष पदमा सर्वसम्मत चयन पनि गरेको छ ।

३ अर्ब २३ करोड ८६ लाख ८९ हजार चुक्ता पुँजी रहेको विकास बैंकको १३.५ प्रतिशत बोनश सेयर वितरण पश्चात् चुक्ता पुँजी ३ अर्ब ६७ करोड ५९ लाख १२ हजार पुगेको छ । साधारण सभाको लागि २०७७ माघ १२ गतेदेखि सेयरधनी दर्ता पुस्तिका बन्द रहेकोमा २०७७ माघ ११ गते सम्मका यस विकास बैँकका शेयरधनीले मात्र साधारणसभाबाट पारित बोनश सेयर प्राप्त गर्नेछन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७