राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदै


१ फाल्गुन २०७७, शनिबार
mahila football 2 scaled 1

काठमाडौं, १ फागुन । राष्ट्रिय महिला लिग फुटबलमा आज (शनिबार) दुई वटा खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा मध्यान्ह १२ बजे हुने पहिलो खेलमा नेपाल आर्मी क्लब र वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा हुँदैछ ।

यस्तै दिउँसो ३ बजे हुने अर्को खेलमा विराटनगर महानगरपालिका र चौदण्डीगढी नगरपालिका उदयपुरबीच प्रतिस्पर्धा हुनेछ । यसअघि हिजो भएको खेलमा नेपाल पुलिस क्लबले रौतहटको चन्द्रपुर नगरपालिकालाई पराजित गरेको थियो ।

जितसँगै पुलिसले तेस्रो स्थानमा रहेको स्याङ्जाको वालिङ नगरपालिकासँग अंक बराबरी गरेको हो । १४ अंक जोडेको पुलिस गोल अन्तरको आधारमा चौंथो स्थानमा छ । चन्द्रपुर ६ अंकसहित छैठौं स्थानमा छ । शीर्ष स्थानमा रहेको एपीएफको २४ अंक छ, भने आर्मी २२ अंकसहित दोस्रो स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७