नेकपा विवादमा अनिर्णीत हुँदा निर्वाचन आयोगमाथि प्रश्न


२ फाल्गुन २०७७, आईतवार
nirbachan aayoga

काठमाडौं, २ फागुन । नेकपाको आधिकारिकता विवादमा अनिर्णीत हुँदा निर्वाचन आयोगमाथि प्रश्न उठ्न थालेको छ ।

पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले नेकपाको आधिकारिकतामाथि दाबी गदै निवेदन दिएको १२ दिनसम्म पनि आयोगले त्यसलाई कानुनबमोजिम प्रक्रियामा प्रवेश नै गराएको छैन ।
राजनीतिक दलसम्बन्ध ऐनअनुसार दलको मान्यतासम्बन्धी दाबी नआएकाले नेकपाको विवादमा प्रवेश गर्न नसकेको बताउँदै आएको आयोगले दाहाल–नेपालको दाबीपछि पनि मौनता साँधेको छ ।

दाहाल नेपाल पक्षले माघ २० मा केन्द्रीय समितिको बहुमत पक्ष आफूहरुसँग रहेको भन्दै नेकपाको आधिकारिकाताको मागदाबी गरेर आयोगमा निवेदन दिएको थियो । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७