स्पेनिस ला लिगा : मेस्सीको दुई गोलले बार्सिलोनाको फराकिलो जित


२ फाल्गुन २०७७, आईतवार
messi68

काठमाडौं, २ फागुन । स्पेनिश लिग ला लिगा फुटबलमा बार्सिलोनाले फराकिलो जित निकालेको छ । बार्सिलोनाले डेपोर्टिभो अलाभेसमाथि फराकिलो जित निकालेको हो ।

बार्सिलोनाको मैदानमा क्याम्प नाउमा शनिबार राति सम्पन्न खेलमा बार्सिलोनाले अलाभेसमाथि ५–१ गोलअन्तरको फराकिलो जित निकालेको हो ।

बार्सिलोनालाई जिताउन लियोनल मेस्सीले दुई गोल गरे । त्यस्तै फ्रान्सिस्को ट्रिन्काओले पनि दुई गोल गरे । जुनियर फिर्पोले एक गोल जोडे । पराजित टिम अलाभेसका लागि लुइस रिओजाले सान्त्वना गोल गरे । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७