विनयजंगविरुद्ध सपनाको जाहेरी, प्रहरीले थाल्यो खोजी


२ फाल्गुन २०७७, आईतवार
Binaya jung bastet sapana

काठमाडौं, २ फागुन । बीबीसीको एक सय प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले विजयजंग बस्नेतविरुद्ध प्रहरीमा उजुरी दिएकी छिन् ।

बस्नेतले आफ्ना नांगा तस्वीर देखाई दिने धम्की दिएको भन्दै १८ वर्षीया सपनाले आज (आइतबार) महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएकी हुन् ।

बस्नेतले नांगा तस्वीर देखाई दिने धम्की दिएको भन्दै सपनाले अभद्र व्यवहारको मुद्दामा उजुरी दर्ता गराएको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिएका छन् ।

उनका अनुसार बस्नेत अहिले काठमाडौं बाहिर छन् । प्रहरीले उनको खोजी गरिरहेको छ ।
बस्नेतले युट्युब च्यानलमा आफूसँग सपनाका नग्न तस्वीरहरू पेनड्राइभमा भएको बताएका थिए । उनले ती सामाग्रीहरू सार्वजनिक गर्ने धम्की दिएका थिए ।

यसअघि सपना र बस्नेतले मिलेर बेवारिसे शव जलाउने काम थालेका थिए । म्याग्दीबाट काठमाडौं आएकी सपना बस्नेतसँगै बस्थिन् । सोही क्रममा उनीहरूबीच तिक्तता आएको थियो । गत कात्तिकमा बस्नेतलाई छोडेर सपना घर फर्किएकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७