भागरथी हत्याकाण्ड : अपराधी भूगोलबारेमा जानकार


३ फाल्गुन २०७७, सोमबार
1bhagrathi protes

बैतडी, ३ फागुन । दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया भागरथ भट्टको बलात्कारपछि हत्या भएको १२ दिन हुँदा पनि पत्ता लाग्न सकेको छैन । प्रहरीले अनुसन्धान साँघुरिँदै गएको दाबी गरे पनि हत्याराका बारेमा ठोस प्रमाण फेला पार्न नसकेको हो ।

माघ २१ गते हराएकी भागरथीको शव भोलिपल्ट साँझ ५ बजे फेला परेको थियो । माघ २३ गते तालिम प्राप्त कुकुरले शव भएको स्थानभन्दा करिब २५ मिटर पूर्व भागरथीको मोबाइल, ब्याट्री र कभर अलग अलग गरेर फालेको अवस्थामा भेटेको थियो ।

कुकुर अझै सय मिटरअघि कच्ची बाटोसम्मै पुगेको थियो । ‘भागरथीलाई घिसार्दै घटनास्थलमा ल्याएको ठाउँबाटै कच्ची बाटो नगएर अपराधी सामुदायिक वनको झाडी भएर कच्ची बाटो पुग्नुले उसमा भूगोलको राम्रो जानकारी देखिन्छ,’ स्थानीय बलदेव भट्टको भनाइ छ । हत्याराले चलाखी गरेकाले प्रहरीलाई पत्ता लगाउन जटिल भएको छ । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७