आर्सनलद्धारा लिड्स युनाइटेड पराजित


३ फाल्गुन २०७७, सोमबार
39282088 9253577 image a 10 1613327791068

काठमाडौं, ३ फागुन । इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लिड्स युनाईटेडलाई ४–२ ले हराएको छ ।

गए राति आफ्नै मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन पिएरे एमरिक औबामायङ्गले ह्याट्रिक गरेभने हेक्टर बेलेरिनले एक गोल थपे । पराजित टोली लिड्स युनाईटेडका पास्कल स्ट्रीक र हेल्डर कोष्टाले एक एक गोल फर्काए । जितसँगै आर्सनल प्रिमियर लिग फुटबलको अंक तालिकाको दशौं स्थानमा उक्लिएको छ ।

गए राति भएको अर्को खेलमा म्यानचेस्टर युनाईटेडलाई भने वेष्ट ब्रोमले १–१ गोलको बराबरीमा रोकेको छ । यसैगरी फुल्हमले एभर्टनलाई २–० ले हराउँदा वुल्भरह्याम्पटन वान्डरर्सले साउथह्याम्पटनमाथि २–१ को जित निकालेको छ ।

इङ्लिस प्रिमियर लिगमा आज राति दुई खेल हुनेछन् । आज चेल्सी र न्युकासल युनाइटेड तथा वेष्ट ह्याम युनाईटेड र शेफिल्ड युनाईटेड भिड्नेछन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७