गोर्खाज फाइनान्सले बिना धितो १५ लाखसम्मकाे लोन दिने


प्रकाशित मिति : February 15, 2021

काठमाडौं, ३ माघ । गोर्खाज फाइनान्स लिमिटेडले बिना धितो १५ लाखसम्म लोन दिने भएको छ । फाइनान्सले बिना धितो १५ लाखसम्म लोन दिने गरी ‘गोर्खा प्रोफेशनल लोन’को सुरुवात गरेको फाइनान्सका बजार प्रमुख सुनिता राईलाई जानकारी दिईन् ।
लोन डाक्टर, इन्जिनियर, नर्स, पाइलट लगायतका विश्वानीय प्रोफेसनका व्यक्तिले लिने सक्नेछ । लोनमा १ प्रतिशत सेवा शुल्क र बिआर प्लस ५ प्रतिशत लाग्नेछ । लोन आवश्यक कागजात पुरा भएको ४८ घण्टामै दिनेछ ।
फाइनान्सले मुख्य कार्यालयसहित २३ वटा शाखाबाट देशको सातै प्रदेशमार्फत सर्वसाधारणलाई सेवा दिइरहेको छ भने विभिन्न बचत योजना सञ्चालन गरिरहेको छ ।

फाइनान्सले निशुल्क मोबाइल तथा इन्टनेट बैकिंङ, निशुल्क डेभिट कार्ड, एबिबिएस सेवा र चेकबुक तथा स्टे्टमेण्ट सेवा दिँदै आएको छ । गोर्खाज फाइनान्स लिमिटेडको हाल सातै वटा प्रदेशमा आफ्नो शाखा सञ्जाल रहेको छ ।

फाइनान्सका शाखाहरु रवि, विर्तामोड, दमक, ईटहरी, धरान, भेडेटार धनकुटा, भोजपुर, छप्रादि सिराहा, वनेपा, विरगञ्ज, नारायणगढ, पोखरा, लखनचोक बुटवल, बिजौरी दाङ्, नेपालगञ्ज, सुर्खेत, चौमाला कैलाली तथा काठमाडौं उपत्यका भित्र डिल्लीवजार, बौद्ध, गोंगबु, न्युरोड, भक्तपुर र सातदोबाटो गरि जम्मा २३ वटा शाखाहरु संचालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्