भारतका गृहमन्त्री साह नेपालमा पनि आफ्नाे पार्टीको सरकार बनाउने योजनामा रहेको दावी


३ फाल्गुन २०७७, सोमबार
amit shah pTI

काठमाडौं, ३ फागुन । त्रिपुराका मुख्यमन्त्री विप्लव देवले नेपाल र श्रीलङ्कामा भारतीय जनता पार्टी (भाजपा) को सरकार बनाउने अमित साहको योजना रहेको खुलासा गरेका छन् ।

इस्ट मोजोमा प्रकाशित रिपोर्टका अनुसार शनिबार त्रिपुराको भ्रमणका क्रममा रवीन्द्र शतवार्षिकी भवनमा आयोजित पार्टी कार्यक्रममा साहले सो कुरा बताएको देवले दाबी गरेका हुन् । देवका अनुसार भारतका सबै राज्यमा भाजपाको सरकार बनाएपछि छिमेकी राष्ट्रमा पनि भाजपा सरकार बनाउने साहको योजना रहेको छ ।

bd No05bvEGFk

‘हामी राज्यको गेस्ट हाउसमा छलफल गरिरहँदा भाजपाको उत्तरपूर्वी जोनल सेक्रेटरी अजय जमवालले भाजपाले भारतको धेरै राज्यमा सरकार बनाएको जिकिर गरेका थिए । जवाफमा साहले अब श्रीलङ्का र नेपाल बाँकी भएको बताउनुभयो । हामीले नेपाल र श्रीलङ्कमा पनि पार्टी विस्तार गर्नुपर्छ,’ देवलाई उद्धृत गर्दै इस्ट मोजोले लेखेको छ । अमित साहको नेतृत्वमा भाजपाले कम्युनिस्टको रेकर्ड तोड्दै विश्वकै सबैभन्दा ठूलो पार्टी बनेको उनको दाबी थियो ।

विपक्षी दलहरुले भाजपाको केन्द्रीय नेतृत्वसँग मुख्यमन्त्रीको विवादास्पद सार्वजनिक अभिव्यक्तिबारे स्पष्टिकरण माग गरेका छन् । सीपीआई (एम) का नेता जितेन्द्र चौधरीले मुख्यमन्त्रीलाई संविधान र लोकतन्त्रको कुनै ज्ञान नभएको बताए । देवले दाबी गरे अनुसार अमित साहको भनाइ सत्य हो भने त्यो बाह्य मुलुकमा भारतको हस्तक्षेप हुने जिकिर उनले गरे ।

चौधरीले गृहमन्त्री साह नेपालविरुद्ध राज्यद्वारा सञ्चालित षड्यन्त्रमा संलग्न रहेको पनि आरोप लगाए र यसको प्रमाण संवैधानिक पद धारण गरेको व्यक्तिले नै दिएको बताए । उनले देवको भनाइलाई हल्का ढंगले लिन नसकिने बताउँदै यस विषयमा भाजपाको शीर्ष नेतृत्व र प्रधानमन्त्री नरेन्द्र मोदीले जवाफ दिनुपर्ने माग गरे ।

967841ed 2eb8 4988 9283 a4953134b4fd

त्रिपुरा कंग्रेसका उपाध्यक्ष तपश देले अमित साहको भनाइ ‘साम्राज्यवादी’ भएको जिकिर गर्दै त्यसविरुद्ध भारतले लामो समय लडेको बताए । उनले भारतले नेपाल र श्रीलङ्काको सार्वभौम मुद्दामा हस्तक्षेप गर्न नमिल्ने बताए । द वायरबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७