प्रदेश–१ मा सरकारको तेस्रो वार्षिकोत्सव कार्यक्रम नेकपा र कांग्रेसद्वारा बहिष्कार


३ फाल्गुन २०७७, सोमबार
Pradesh 1 900

विराटनगर, ३ फागुन । प्रदेश–१ मा सरकारको तेस्रो वार्षिकोत्सव कार्यक्रम प्रतिगमनविरुद्ध आन्दोेलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्ष र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बहिष्कार गरेका छन् ।

वर्तमान सरकार गठन भएको आज फागुन ३ गते तीन वर्ष पुगेको उपलक्ष्यमा प्रदेश सरकारले आयोजना गरेको वार्षिकोत्सव कार्यक्रम उनीहरूले बहिष्कार गरेका हुन् । वार्षिकोत्सव कार्यक्रममा आफ्नो पार्टी सहभागी नहुने प्रचण्ड–नेपाल पक्षका प्रदेश–१ का सचिव सुरेशकुमार राईले जानकारी दिएका छन् ।

‘मुख्यमन्त्रीले आफ्नो उपादेयता बाँकी छ भन्ने देखाउन कार्यक्रम राखेका हुन्, त्यसमा हामी सहभागी हुँदैनौं,’ राईले भने । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रचण्ड–नेपाल पक्षका प्रदेश सभा सदस्यले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

नेपाली कांग्रेसका जिल्ला सभापति तथा संसदीय दलका नेता राजीव कोइरालाले पनि आफ्नो पार्टीको आजै तय भएको ठूलो कार्यक्रम छाडेर त्यस्ता कार्यक्रममा सहभागी हुन नसक्ने बताएका छन् ।

‘हाम्रो पार्टीले ७५ वटै जिल्लामा तय गरेको विरोध कार्यक्रम छाडेर हामी वार्षिक उत्सव कार्यक्रममा कसरी सहभागी हुन सक्छौं, हाम्रो कार्यक्रमलाई जुधाएर कार्यक्रम राखिएको छ,’ कोइरालाले भने ।
कोइराले कांग्रेसबाट इच्छा लाग्ने मानिस गए पनि त्यो संस्थागत नभएको बताए । ‘इच्छा लाग्ने जानुभयो होला, उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७