२०७७ फागुन ४ गते मंगलबारको तपाईको राशिफल


४ फाल्गुन २०७७, मंगलवार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज गरेका काममा ढिलासुस्ती हुनेछ । सानो भूलका कारण अपमानित बन्न सक्नुहुन्छ, तर आर्थिक कारोवारमा सफलता मिल्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता लाग्ने छन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज आलस्य र थकानको अनुभूति हुनेछ । व्यक्तिगत स्वास्थ्य र यात्राप्रति सतर्क रहनु पर्नेछ, तर आफन्तको साथ र सहयोग मिल्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन् । शुभकार्यको चर्चा चल्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । धर्म, तथा समाज सेवामा मन लाग्नेछ । चिताएको कामले तीव्रता पनि लिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज जोश, जाँगर र हिम्मत बढ्ने छ । व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर आउने छ । एउटै कामबाट दोहोरो लाभ मिल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज शुभ समाचार सुन्न पाइएला । नसोचेको ठाउँबाट धनागम हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । प्रेममा सफलता प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
भाग्यले विभिन्न अवसर जुराउने र मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ । नजिकको मित्रसँग भेटघाट हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज रमाईलो यात्रा तथा मान सम्मान मिल्ने छ । धार्मिक कार्यमा मन लगाउँदा राम्रो हुनेछ । सामाजिक सेवामा नलाग्नुमै उचित हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज पठनपाठनका क्षेत्रबाट लाभ लिन सकिने छ । महिला वर्गबाट विशेष सहयोग मिल्ने छ । नयाँ कमको थालनी समेत हुने देखिन्छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
नजिकको व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । मानसिक चिन्त वढे पनि कार्य क्षेत्रमा प्रगति हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज आदर्श ब्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ । भौतिक साधन जुटाउने समय छ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७