कोभिड खोपको दोस्रो ‘डोज’ ५६ दिनपछि


४ फाल्गुन २०७७, मंगलवार
korona khop 2

काठमाडौं, ४ फागुन । कोरोना भाइरसविरुद्धको पहिलो खोप लगाएको ५६ दिनपछि मात्रै दोस्रो डोज लगाउन कोभिड १९ प्राविधिक सल्लाहाकार समितिले सरकारलाई सुझाव दिएको छ ।

सरकारले यसअघि पहिलो डोज लगाएको २८ दिनपछि दोस्रो डोज लगाउने निर्णय गरेको थियो । विश्व स्वास्थ्य संठन (डब्लुएचओ) ले पहिलो डोज लगाएको आठदेखि १२ हप्तापछि दोस्रो डोज लगाउन सकिने बताएपछि समितिले सोहीअनुसार सरकार समक्ष प्रस्ताव गरेको हो ।

कोभिड-१९ खोप प्राविधिक सल्लाहाकार समितिका संयोजक डा. श्यामराज उप्रेतीले दोस्रो डोज जति ढिला लगायो शरीरमा एन्डीबढी त्यति नै प्रभावकारी हुने बताए । चिकित्सकहरुले वृद्धवृद्धालाई पहिले खोप अनिवार्य गर्न सुझाव दिएका छन् ।

युवा वर्गलाई कोरोनाले खासै असर गरेको छैन । तर, कोरोना संक्रमित अधिकांश निमोनिया भई मृत्यु भएकाले उनीहरुलाई पहिलो प्राथमिकतामा राख्न चिकित्सकले सुझाव दिएका हुन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७