२०७७ फागुन ५ गते बुधबारको तपाईको राशिफल


प्रकाशित मिति : February 17, 2021

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज धार्मिक कार्यबाट सन्तोष मिल्ने छ । व्यापारमा लाभको योग रहेको छ । सेयर कारोबारबाट फाइदा हुनुका साथै रमाईलो यात्रा हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सांस्कृतिक क्षेत्रमा रुची बढ्ने छ । छोटो दूरीको लाभदायक यात्रा हुनेछ । इच्छा र आकांक्षा पूर्ण हुनेछन् । मित्र वा आफन्तको सहयोग मिल्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
छोटो यात्रा सफल नै हुन्छ, तर लामो यात्राबाट हानी हुनसक्छ । मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज मान्यजनसँग भेटघाट हुनेछ शत्रुमाथि विजय प्राप्त हुनेछ । श्रममूलक वा कृषिक्षेत्रका काममा मन जानेछ । शुभकार्यको चर्चा पनि चल्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज बन्धु बान्धवबाट विशेष सहयोग मिल्ने छ । साँझपख शुभ समाचार आउन सक्छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज बौद्धिकताको विकास हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्ने छ । न्यायिक कार्यमा सफलता मिल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रेमी–प्रेमिकाका बीच खिन्नता बढ्ने छ । सौन्दर्यतामा धन खर्च हुनेछ, तर वैदेशिक कार्य अघि बढ्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कला र गलाको प्रभाव बढ्ने छ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउने छ । विपरीत वर्गप्रति आकर्षण बढ्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
दबाब र तनाव बढेको महसुस हुनेछ । मनमा निरासा र शरीरमा आलस्य आउला । अनावश्यक यात्रा हुनेछ । प्रेमी प्रेमिकाका बीच मनमुटाव बढ्न सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज मनमा प्रसन्नता छाउनेछ । विद्या र बुद्धिको विकास हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । शुभकार्यको चर्चा पनि चल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पुनर्मिलनको योग पनि रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । मान प्रतिष्ठामा बृद्धि होला । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्ने छन् ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया दिनुहोस्