यूईएफए च्याम्पियन्स लिग : पीएसजीले बार्सिलोनालाई ४–१ ले हरायो, एमबाप्पेको ह्याट्रिक


५ फाल्गुन २०७७, बुधबार
psg X7Ycqs6zZk

काठमाडौं, ५ फागुन । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा पेरिस सेन्ट जर्मेन पीएसजीले बार्सिलोनालाई पराजित गरेको छ ।

युवा खेलाडी केलियन एमबाप्पेले ह्याट्रिक गरेको खेलमा फ्रान्सेली कल्ब पीएसजीले स्पेनिस क्लब बार्सिलोनालाई ४–१ ले हराएको हो । घरेलु मैदान क्याम्प नोउमा भएको खेलको २७ औं मिनेटमा बार्सिलोनाका कप्तान लिओनल मेस्सीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए पनि जितका लागि पर्याप्त भएन ।

पीएसजीका लागि पहिलो हाफको ३२ औं मिनेटमा बराबरी गोल फर्काएका एमबाप्पेले दोस्रो हाफको ६५ औं र ८५ औं मिनेटमा थप दुई गोल गरी ह्याट्रिक गरेका हुन् । पीएसजीका मोइस किन ७० औं मिनेटमा एक गोल गरे । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७