बलात्कारपछि हत्या गरिएकी भागरथीका परिवारलाई प्रदेश सरकारले पाँच लाख राहत दिने


५ फाल्गुन २०७७, बुधबार
Bhagrathi

बैतडी, ५ फागुन । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका– ७ की १७ वर्षीया भागरथी भट्टका पीडित परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले पाँच लाख राहत दिने भएको छ ।

प्रदेशसभा सदस्य प्रेमप्रकाश भट्टका अनुसार प्रदेश सरकारले मंगलबार पीडित परिवारलाई राहत दिने निर्णय गरेको हो । सुदूरपश्चिम प्रदेशसभाकोे सामाजिक विकास समितिकी सभापति कुन्ती जोशीसहितको टोलीले घटनास्थलमा पुगेर पीडित परिवारसँग भेटघाटसमेत गरेको छ ।

23944045a41eda589ff97890031e1fde w1000 h500 cp

स्थानीय सनातन माध्यमिक विद्यालयको कक्षा १२ मा पढ्ने भागरथी गत माघ २१ गते विद्यालयबाट घर फर्किंदा बेपत्ता भएकी थिइन् । उनको बलात्कारपछि हत्या भएको अवस्थामा भोलिपल्ट शव भेटिएको थियो ।

उनको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले उनकै सहपाठी १७ वर्षीय युवालाई पक्राउ गरेको छ । पक्राउ परेका युवालाई आज प्रहरीले सार्वजनिक गर्दैछ । ती युवा भागरथीका छिमेकी र भट्ट थरकै भएको प्रहरीले जनाएको छ । तर, अहिलेसम्म उनको नाम सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७