बन्धक बनाइएकी दुबईकी शासककी छोरीले दिइन् यस्तो भिडियो सन्देश


५ फाल्गुन २०७७, बुधबार
lalitafa

काठमाडौं, ५ फागुन । दुबईकी शासककी छोरीले पछि गोप्य रूपमा आफ्ना साथीहरूलाई पठाएको भिडिओमा पिताले आफूलाई ‘बन्धक’ बनाएको र आफ्नो ज्यान जोखिममा रहेको उल्लेख गरेकी छिन् ।

घरमै बन्धक बनेपनि सन् २०१८मा देश छाडी भाग्ने प्रयास गरेकी राजकुमारी लतिफा अल मुक्तमले डुङ्गा चढेर भागिरहेको अवस्थामा कमान्डोहरूले आफूलाई औषधि दिएको र हवाई मार्ग हुँदै पुनः नजरबन्द गरिएको स्थान पुर्‍याइएको बताएकी छिन् ।

उनको गोप्य सन्देश आउने क्रम हाल रोकिएको भन्दै राजकुमारीका साथीहरुले संयुक्त राष्ट्रसंघलाई यो विषयमा प्रवेश गर्न आग्रह गरेको बीबीसीले जनाएको छ । दुबई र संयुक्त अरब एमिरेट्सले यसअघि उनी सुरक्षित र परिवारको साथमा रहेको बताएका थिए ।

सन् २०१८ मा लतिफासँग भेटेकी राष्ट्रसंघकी एक जना पूर्व अधिकारी म्यारी रोबीन्सनले आफूलाई नराम्रो तरिकाले झुक्काएको आरोप समेत लगाएकी छिन् । मानव अधिकार सम्बन्धी पूर्व राष्ट्रसंघीय उच्चआयुक्त तथा आयरल्यान्डकी पूर्व राष्ट्रपति रोबीन्सनले लतिफाको हालको अवस्था र उनी कहाँ छिन् भन्नेबारे जानकारी दिनुपर्ने आग्रहको समर्थन गरेका थिए ।

लतिफाका पिता शेख मोहम्मद बिन राशिद अल मक्तुम दुबईका शासक हुन् । विश्वको सबैभन्दा धनी राष्ट्र प्रमुखमध्ये एक उनी संयुक्त अरब एमिरेट्सका उप–राष्ट्रपति पनि छन् । लतिफालाई नियन्त्रणमा लिएर दुबई ल्याइएको करिब एक वर्षपछि उनलाई गोप्य रूपमा दिइएको मोबाइल फोनमा कैयौं महिना लगाएर भिडियोहरू रेकर्ड गरिएको बीबीसीेले उल्लेख गरेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७