एक वर्षपछि थिएटरमा देखिए किम दम्पती, कन्सर्टको लिए मज्जा


५ फाल्गुन २०७७, बुधबार
kim couple

काठमाडौं, ५ फागुन । उत्तर कोरियाली नेता किम जोङ र उनकी पत्नी री सोल जु एक बर्ष भन्दा बढी समयपछिमा बुधबार पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका छन् । किम देशको सार्वजनिक बिदाका दिन देशकै सबैभन्दा ठूलो कन्सर्टमा सहभागी भएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

kim2 768x439 1

वर्कर्सपार्टीको अफिसियल समाचारपत्रका अनुसार किमको दिवंगत बुबा र पूर्व नेता किम जोङ इलको जन्मदिनको अवसरमा आयोजित कार्यक्रममा उनीहरु उपस्थिति भएका हुन् । री प्रायः किमसँग ठूला सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुन्छिन् । तर गत वर्ष जनवरीको न्यू इयरको छुट्टीको कार्यक्रमदेखि री कुनै कार्यक्रममा उपस्थित भएकी छैनन् ।

लिए कन्सर्टको मज्जा
उनी उपस्थित नहुनुको कारण उनको स्वास्थ्य र सम्भावित गर्भावस्थाको बारेमा अनुमान लगाइएको थियो । दक्षिण कोरियाको नेशनल इंटेलिजेंस सर्भिस (एनआईएस) ले मंगलवार बताए अनुसार री कोरोना भाइरस संक्रमणको शिकार हुनबाट बच्न बाहिरी गतिविधिबाट टाढा रहेकी थिइन् । तर उनी आफ्ना बच्चाहरुसंग मज्जाले खेलिरहेकी हुन्थिन् । एनआईएसले बताएअनुसार री र किमका तीन बच्चा छन् ।

kim 768x413 1

कोरियामा अहिलेसम्म कुनै पनि कोरोना भाइरसको केस पुष्टि भएको छैन् । तर इनआइसीका अनुसार चीनसँग आवतजावत भइरहेकाले यसको प्रकोपलाई इन्कार गर्न भने सकिन्न । प्योङयाङ्गको राजधानी मंसुदे आर्ट थिएटरमा कन्सर्ट हेर्दा री र किम मुस्कुराएका थिए ।

रोडोंग सिनमुनद्वारा प्रकाशित फोटोहरूमा त्यहाँ कोहीले मास्क लगाएका थिएनन् र सामाजिक दूरी कायम गरिएको थिएन । उक्त अखबारले जनाएअनुसार किमले आफ्नो बुवा र हजुरबुबाको समाधिस्थलको भ्रमण समेत गरेका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७