नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन काठमाडौंमा शुरु


५ फाल्गुन २०७७, बुधबार
fnj convention RR3hEXn6cM

काठमाडौं, ५ फाल्गुन । नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन काठमाडौंमा शुरु भएको छ । अधिवेशनको काठमाडौंको राष्ट्रिय सभागृहमा उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका छन् ।

महाधिवेशनमा पत्रकार महासंघका जिल्ला शाखाका अध्यक्ष, प्रदेश पदाधिकारीलगायतको उपस्थिति छ । उद्घाटन सत्रपछि आजै बन्द सत्र शुरु हुनेछ । बन्द सत्रमा महासचिव र कोषाध्यक्षको प्रतिवेदन पेस हुनेछ । महासंघले विधान संशोधन गरेर केन्द्रीय समितिको लागि पनि सबै सदस्यले मतदान गर्न पाउने व्यवस्था लागेको छ ।

अहिलेसम्म हरेक शाखाले पार्षद चुन्ने र पार्षदले मात्रै केन्द्रीय समितिको लागि मतदान गर्ने व्यवस्था रहेकोमा यसलाई परिवर्तन गर्न लागेको हो । महासंघले नयाँ नेतृत्वका लागि अबको एक महिनाभित्र चुनाव गर्ने योजना बनाएको छ । यसका लागि कपिल काफ्लेको नेतृत्वमा निर्वाचन समिति पनि बनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७