ट्रकको ठक्करबाट हरिणको मृत्यु, चालक पक्राउ


५ फाल्गुन २०७७, बुधबार
Truck and Driver

चितवन, ५ फागुन । पूर्व–पश्चिम राजमार्गको रत्ननगरमा ट्रकको ठक्करबाट हरिणको मृत्यु भएको छ । रत्ननगर नगरपालिका–९ सिँचाइगोट अगाडि आज बिहान ट्रकले हरिणलाई ठक्कर दिएपछि मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सूर्य थापाका अनुसार बिहान करीब साढे ४ बजेको समयमा रौतहटबाट नुवाकोट जान आउँदै गरेको ना ६ ख १४६० नम्बरको ट्रकले हरिणलाई ठक्कर दिँदा घटनास्थलमै हरिणको मृत्यु भएको हो ।

घटनापछि फरार भएका चालक र ट्रकलाई प्रहरीले भरतपुर महानगरपालिका–१ रामनगरबाट पक्राउ गरेको छ । नवलपरासीको देवचुली नगरपालिका–१ बस्ने २४ वर्षीय अनिल कुमाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका चालक र ट्रकलाई आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय चितवन पठाइएको थापाले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७