सडक निर्माणका क्रममा ढुंगाले लागेर महिलाको मृत्यु


५ फाल्गुन २०७७, बुधबार

कालिकोट, ५ फागुन । कालिकोटको पचालझरना गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सडक निर्माणमा खटिएका महिला मजदूरको मृत्यु भएको छ । सडक निर्माण गर्दैगर्दा माथि आएको ढुंगाले च्यापिएर पचालझरना गाउँपालिका–३ कि ४७ वर्षीया बिउरा ऐडीको मृत्यु भएको हो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गाउँपालिकाको लाफा चौथा सडक मर्मत काम गरिरहेको बेला माथिबाट खसेको ढुंगामा च्यापिएर उनको मृत्यु भएको गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले बताए ।

‘सडक निर्माण गर्दैगर्दा एक्कासी माथिबाट खसेको ढुंगा लागेर ऐडीको मृत्यु भएको छ’ उनले भने, ‘ऐडीको परिवारलाई राहत दिने निर्णय भएको छ ।’ रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७