पुलिस र आर्मी बराबरीमा रोकिंदा एपीएफलाई राष्ट्रिय महिला लिग फुटबलको उपाधि


५ फाल्गुन २०७७, बुधबार
3f9ee8486ef91a86ef3d1c2bb2fc53e5 w1000 h500 cp

काठमाडौं, ५ फागुन । राष्ट्रिय महिला फुटबल लिगको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । बुधवार भएको खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले एक–एक गोलको बराबरी खेलेसँगै एपीएफले उपाधि जितेको हो ।

बुधवारको खेलमा आर्मीले पुलिसलाई हराएको भए एपीएफले उपाधिका लागि एक जित पर्खनुपर्ने थियो तर आर्मीले पुलिससँग बराबरी खेलेसँगै उपाधि एपीएफले जित्यो ।

बुधवार सातदोबाटोमा रहेको एन्फा मैदानमा भएको खेलमा पुलिसकी अमृता जैशीले गोल गर्दै अग्रता बनाए पनि आर्मीकी रश्मी घिसिङले गोल गर्दै खेललाई बराबरीमा ल्याइन् । ११ खेलमा २६ अङ्कका साथ आर्मी दोस्रो स्थानमा छ भने पाँचौं स्थानमा रहेको पुलिसको १५ अङ्क छ ।

बुधवार नै दोस्रो खेलमा अहिले एपीएफ र विराटनगर महानगरपालिका खेलिरहेका छन् । अङ्क तालिकाको उपाधि जितिसकेको एपीएफले १० खेलमा ३० अङ्क जोडेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७