चीनको कोरोना खोपलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति


६ फाल्गुन २०७७, बिहीबार
4a9b24c929ae8aaf37077f8b1595026d w1000 h500 cp

काठमाडौं, ६ फागुन । चीनमा विकास गरिएको कोरोना भाइरस संक्रमणविरुद्धको खोपलाई नेपालले आपतकालीन प्रयोगका लागि अनुमति दिइएको छ ।

औषधि व्यवस्था विभागले चाइनिज सिनोफार्म कम्पनीले बनाएको ‘भेरो सेल’ खोपलाई आपतकालीन प्रयोगको अनुमति दिइएको जनाएको छ ।

नेपालमा अक्सफोर्ड एस्ट्राजेनेकाले विकसित गरेको र भारतले उत्पादन गरेको कोरोनाविरुद्ध खोप ‘कोभिसिल्ड’ले प्रयोगको अनुमति पाइसकेको छ । भारतले यसको १० लाख डोज अनुदानमा नेपाललाई प्रदान गरेपछि अहिले नेपालमा यो खोप लगाउने क्रम जारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७