टीकाथलीमा डेनीको ‘संगीत घर’


६ फाल्गुन २०७७, बिहीबार
de

काठमाडौं, ४ फागुन । संगीतकार तथा गायक डेनी निरौलाले ललितपुरको टीकाथलीमा ‘सरु संगीत घर’ सञ्चालनमा ल्याएका छन् । सरस्वती पूजाको अवसरमा पारेर मंगलबारबाट संगीत घर शुभारम्भ गरिएको हो ।

deny
प्रशिक्षण केन्द्रको उद्घाटन गर्दै महालक्ष्मी नगरका प्रमुख रामेश्वर श्रेष्ठ

प्रशिक्षण केन्द्रको उद्घाटन गर्दै महालक्ष्मी नगरका प्रमुख रामेश्वर श्रेष्ठले नगरले नीतिगत रुपमा कला र संगीतको प्रवर्धन गरिरहेको बताए । ‘हामीले स्थानीय पाठ्यपुस्तकमा संगीत विधालाई छुट्याएका थिएनौंं । अहिले भने कक्षा २ सम्मका पाठ्यपुस्तकमा यो विषय राखेका छौं । यसलाई कक्षा ८ सम्म नै पुर्‍याउँछौं’, श्रेष्ठले भने । उनले स्थानीय लोक र सामाजिक जीवन पद्धतिसँग सम्बन्धित बाद्यबादन र गायनका प्रशिक्षणलाई संगीत घरले प्रवर्धन गर्ने कुरामा आफू विश्वस्त रहेको बताए ।

d1
संगीत घरबारे जानकारी दिंदै संगीतकार तथा गायक डेनी निरौंला

त्यस क्रममा डा. कमल पौडेल, भौतिक योजना मन्त्रालयका शाखा अधिकृत मोहन चापागाई, पूर्व बैंकर तथा सामाजिक अगुवा सूर्य बस्नेतले टीकाथली क्षेत्रबाट सांगीतिक क्षेत्रका साधक उत्पादन हुने कुरा अब सुनिश्चित भएको बताए ।

त्यस अवसरमा अभिनेता गजित विष्टले कला क्षेत्रले व्यवसायिकता प्राप्त गर्दै गएको बताए । यसै गरी पत्रकार चन्द्रमणि भट्टराईले कला क्षेत्रको विकाससँगै श्रष्टाको योगदानलाई सरकारी तवरबाट सम्मान हुने वातावरण तयार गरिनुपर्ने बताए ।

d

संगीतकार एवं संगीत घरका सञ्चालक डेनी निरौलाका अनुसार संगीत घरमा अहिले गायन र बाद्यबादनका कक्षाहरु सञ्चालन गरिने छ । स्थानीय भाका, गायन र बाद्यबादनको अध्ययन गरेर प्रशिक्षण गराउँदै लैजाने, नृत्य तथा अभिनयका कक्षाहरु थप्ने आगामी योजना रहेको निरौलाको भनाइ छ । संगीतकार निरौंलाले दर्जनौं आधुनिक, चलचित्रका गीतहरुमा संगीत दिइसकेका छन् । निरौंलाले संगीतसँगै गायनमा समेत उतिकै अब्बल छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७