नेकपाद्वारा मानव साङ्लो बनाई टुँडिखेल घेराऊ


६ फाल्गुन २०७७, बिहीबार
manab sanglo 5

काठमाडौं, ६ फागुन । प्रतिगमनविरुद्ध चौंथो चरणको आन्दोलनमा उत्रिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज (बिहीबार) मानव साङ्लो बनाएर काठमाडौंस्थित टुँडिखेललाई घेराऊ गरेको छ ।

नेकपाले आज अपरान्ह ४ बजेदेखि एक घण्टाका काठमाडौँको टुँडिखेललाई मानव साङ्लोले घेरेको हो । प्रतिनिधि सभा विघटन, संवैधानिक निकायमा गरिएको असंवैधानिक नियुक्ति, महँगी, मूल्यवृद्धि आदिको विरोधमा बिहीबार दिउँसो ४ देखि ५ बजेसम्म टुँडिखेल मानव साङ्लोले घेराउ गरिएको हो ।

manab sanglo prachanda nepa1613646497

टुँडिखेल घेराउमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीलाई रत्नपार्कको आकासेपुलदेखि भद्रकाली, भद्रकालीदेखि सुन्धारासम्म विद्यार्थी संगठनका नेता–कार्यकर्ता, मजदुरहरुलाई भोटाहिटीदेखि रत्नपार्कको आकासे पुलसम्म रहने गरी स्थान विभाजन गरिएको थियो ।

प्रदर्शनकारीले ‘प्रतिनिधिसभाको असंवैधानिक विघटन खारेज गर’, ’प्रतिगमन ( मुर्दावाद’, ’भ्रष्टाचारीलाई कारबाही गर’, ‘प्रतिगमन–रोक्छौं–रोक्छौं’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७