आईपीएलमा बिकेनन् सन्दीप लामिछाने


६ फाल्गुन २०७७, बिहीबार
sandip kS2Mz0Zl2H

काठमाडौं, ६ फागुन । नेपाली लेग स्पीनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आईपीएल) को १४ औं संस्करणका लागि कुनै पनि टिममा अनुबन्ध हुन सकेनन् । ४० लाख भारु न्युनतम मूल्य राखेका सन्दीपलाई चेन्नाईमा भइरहेको अक्सनमा कुनै पनि टिमले किनेन ।

तीन सिजन दिल्ली क्यापिटल्समा बिताएपछि सन्दीपलाई दिल्लीले रिलिज गरेको थियो । गत सिजन दिल्ली फाइनलमा पुग्दा सन्दीपले एक खेल पनि खेल्न पाएका थिएनन् ।

आईपीएल २०१८ र २०१९ मा सन्दीपले कुल नौ खेल खेल्ने क्रममा १३ विकेट लिएका थिए । सो क्रममा ८.३४ प्रतिओभर रन खर्चेका छन् भने २२.४६ को औसत र १६.१५ को स्ट्राइक रेटले विकेट लिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७