ग्रीनलाइफ हाइड्रोको आईपिओ शुक्रबार निष्काशन गर्दै


६ फाल्गुन २०७७, बिहीबार
greenlife arthasansar 20210218133555

काठमाडौं, ६ फागुन । ग्रीनलाइफ हाइड्रोले निष्काशन गरेको आईपिओ शुक्रबार बाँडफाँड गर्दै छ । मंगलबार आईपिओको प्रि अलोटमेन्ट सकेर शुक्रबार शेयर बाँडफाँड गर्न लागेको हो । शुक्रबार बिहान ९ बजे शेयर बाँडफाँड हुने क्यापिटलले जनाएको हो ।

शेयर बाँडफाँड हुने दिनमा कुन लगानीकर्ताले कति कित्ता शेयर पाउने छन् भन्ने गोलाप्रथाबाट टुंगो लगाईन्छ । कम्पनीको आईपिओमा १३ लाख २२ हजार ९ सय ७१ जनाले आवेदन दिएका छन्। जस मध्ये १३ लाख १९ हजार ५९ जनाको मात्र आवेदन योग्य भएको क्यापिटलले जनाएको छ । माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको आईपिओ गोलाप्रथाबाट ३ लाख २५ हजार १ सय ६५ जनाले मात्र शेयर पाउने छन् । यी मध्ये २ जना आवेदकले समान ११ कित्ता शेयर पाउने छन् । यस हिसाबमा आवेदन दिएका मध्ये ९ लाख ९७ हजार ८ सय ६ जना आवेदक हात खाली हुने छन्।

कम्पनीले माघ २३ देखि प्रति कित्ता एक सय रुपैयाँका दरले ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण शेयर बिक्रिमा राखेको थियो। कम्पनीले आयोजना प्रभावित दोलखाका स्थानीयहरुलाइ निष्काशन गर्दा बिक्रि नभएको १६ लाख ९६ हजार ४०० कित्ता सहित गरि कम्पनीले कुल ३४ लाख ९६ हजार ४ सय कित्ता आइपीओ बिक्रि खुला गरेको हो।

बिक्रि खुला गरिएको मध्ये ६९ हजार ९२८ जना कित्ता हाइड्रोका कर्मचारीका लागि,१ लाख ७४ हजार ८२० कित्ता म्युचुअल फन्डको लागि र बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ता सर्वसाधारणको लागि छुट्याइएको थियो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७