४७ करोड किमी यात्रा तय गर्दै अमेरिकी अन्तरिक्ष यान मंगल ग्रहमा, जीवनको सम्भावना खोज्ने


७ फाल्गुन २०७७, शुक्रबार
9d4fcc167caea77685af47878e84ae01 w1000 h500 cp 1

काठमाडौं, ७ फागुन । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण गरेको छ । नेपाली समयानुसार शुक्रवार बिहान पौने तीन बजे पर्सिभिअरन्स रोभरले मंगल ग्रहको सतहमा अवतरण गरेको बीबीसीले जनाएको छ । सन् १९७० पछि मंगल ग्रहमा जीवनको सम्भावना खोज्ने नासाको यो पहिलो प्रयास हो ।

nasayan

६ वटा पाङ्ग्रा भएको अमेरिकी अन्तरिक्ष यान पर्सिभिअरन्स सात महिनाको यात्रामा ४७ करोड किलोमिटर यात्रा गरेर मङ्गल ग्रह पुगेको हो । अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण गर्नुअघि वैज्ञानिकले सबैभन्दा कठिन चुनौती मङ्गल ग्रहको सतहमा सुरक्षित अवतरण गर्नु नै रहेको बताएका थिए । अन्तरिक्षको यानको सफल अवतरणसँगै क्यालिफोर्नियामा रहेको कन्ट्रोल सेन्टरमा अमेरिकी अन्तरिक्ष निकाय नासाका वैज्ञानिकले खुशी मनाएका छन् ।

na

अन्तरिक्ष यानले मंगल ग्रहमा पहिले जीवन भएरनभएको अध्ययन गर्ने गर्नेछ । अहिलेसम्म मङ्गल ग्रहमा १४ मिसनले अवतरण गर्ने प्रयास गरेकोमा आठ प्रयास सफल भएका छन् ।
यान मंगल ग्रहमा अवतरण गरेको तस्बिर नासाले ट्वीट गरेको छ ।

पर्सिभिअरन्सले मंगल ग्रहमा पहिले जीवन भएरनभएको अध्ययन गर्ने बीबीसीले जनाएको छ । अहिलेसम्म मंगल ग्रहमा १४ मिसनले अवतरण गर्ने प्रयास गरेकामा ८ वटा सफल भएका छन् । ती सबै अमेरिकी अभियान हुन् । अमेरिकी प्रयास एकपटक मात्रै सन् १९९९ मा असफल भएको छ ।

सन् १९७० पछि नासाको यो पहिलो मिसन हो, जसले मंगल ग्रहमा जीवनको सम्भावना खोज्ने लक्ष्य लिएको छ । अन्तरिक्ष यान अवतरण गरेपछि नासाको नियन्त्रण केन्द्र (कन्ट्रोल सेन्टर) मा बसिरहेका वैज्ञानिक खुसीले उफ्रिएका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७