युरोपा लिगमा म्यानचेस्टर र टोटनहम विजयी


७ फाल्गुन २०७७, शुक्रबार
thumb 11

काठमाडौं, ७ फागुन । इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड र टोटनहमले युरोपा लिग अन्तिम ३२ को पहिलो लेगमा बिहीबार सजिलो जित निकालेका छन् । म्यानचेस्टरले रियल सोसिडाडलाई ४–० ले हरायो ।

जितमा ब्रुनो फर्नान्डजेले दुई गोल गरे । टोटनहमले भने आरजेड पालेट्सलाई ४–१ ले पराजित गर्‍यो । टोटनहमका लागि पहिलो रोजाइमा पर्न छाडेका गेराथ बेलले पनि एक गोल गरे ।

अन्य प्रिमियर लिग क्लबमध्ये आर्सनलले बेनफिकासँग १–१ र लेस्टरले स्लाभिया प्रागसँग गोलरहित बराबरी खेल्यो । इटालीको सिरी ए क्लबमध्ये एसी मिलान रेड स्टार बेलग्रेडसँग २–२ को बराबरीमा रोकियो भने रोमाले स्पोर्टिङ ब्रागलाई २–० ले पन्छायो ।

ग्रिसको ओलम्पियाकोजले भने पीएसजी आयनहोभनमाथि ४–२ को जित रच्यो भने योङ ब्वाइजले बायार लेवरकुजनलाई ४–३ को रोमाञ्चक खेलमा हरायो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७