आन्तरिक राजस्व विभागको महानिर्देशकमा झक्क आचार्य


७ फाल्गुन २०७७, शुक्रबार
Jhakka Prasad Acharya

काठमाडौं, ७ फागुन । आन्तरिक राजस्व विभागको महानिर्देशकमा सहसचिव झक्क आचार्यलाई नियुक्ति गरिएको छ ।

यसअघि वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख उनलाई अर्थ मन्त्रालयले सबैभन्दा महत्वपूर्ण विभागको महानिर्देशकमा नियुक्ति दिएको हो ।

गत माघ १ गते तत्कालीन महानिर्देशक विनोद कुँवर सरुवा भएपछि यो पद खाली थियो । सामान्यतया अर्थले आफ्नो निकायका सहसचिवलाई सहजै एक निकायका कर्मचारीलाई अर्को निकायमा पठाउन सक्छ । तर, अर्को निकायबाट कर्मचारी ल्याउनु पर्दा भने सामान्य प्रशासनको स्वीकृति अनिवार्य चाहिन्छ ।

राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय मातहत रहेको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार राजस्व अनुसन्धान विभागबाट अर्थ मन्त्रालयको निकायमा कर्मचारी तान्न सामान्य प्रशासन मन्त्रालयको प्रक्रियामा जानु पर्ने र लामो समय आन्तरिक राजस्व विभागको नेतृत्व खाली राख्न नहुने सोचसहित अर्थले आचार्यलाई पठाउने निर्णय गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७