म्यानमारको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते युवतीको मृत्यु


७ फाल्गुन २०७७, शुक्रबार
Myanmaar Dead

काठमाडौं, ७ फागुन । सैन्य ‘कू’को विरोधमा म्यानमारमा जारी पदर्शनमा प्रहरीको गोली लागेर घाइते भएकी युवतीको मृत्यु भएको छ । २० वर्षीया युवती म्या थ्वे थ्वे खाइङका जारी विरोध प्रदर्शनमा मृत्यु हुने पहिलो प्रदर्शनकारी हुन् ।

myanmar 3

गत साता प्रहरीले भिडलाई तितरबितर पार्न पानीको फोहोरा र गोली प्रयोग गर्दा उनको टाउकोमा गोली लागेको थियो । शुक्रबार बिहान ११ बजे उपचारका क्रममा उनको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रहरीले प्रदर्शनकारीको भिडलाई तितरवितर पार्न पानीको फोहरा, रबर र लाइभ गोली प्रहार गरेका थिए । अधिकारकर्मीका अनुसार ती युवती लाइभ गोली नै लागेर घाइते भएकी हुन् । १० दिनअघि गोली लागेर घाइते भएकी उनी अस्पतालमा उपचाररत् थिइन् । म्यान्मारमा सेनाले निर्वाचित सरकारलाई अपदस्थ गरेर सत्ता कब्जा गरेपछि त्यहाँ निरन्तर आन्दोलन जारी छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७