परियारलाई बर्खास्त गरी राष्ट्रपतिद्वारा प्रदेश-२ को प्रदेश प्रमुखमा ओली निकट झालाई नियुक्ति


७ फाल्गुन २०७७, शुक्रबार
bidhya bhandari

काठमाडौं, ७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश–२ का प्रदेश प्रमुख तिलक परियारलाई बर्खास्त गरी नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छिन् ।

शुक्रबार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश–२ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी हुन् ।
यस्तै उनले शुक्रबार नै मन्त्रिपरिषदको सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम रौतहट जिल्लाका राजेश झालाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् ।

नेकपा विभाजन भएपछि एकले अर्को समूहलाई निषेध गर्दै अघि बढिरहेका छन् । प्रदेश प्रमुखबाट मुक्त भएका परियार नेकपा प्रचण्ड–नेपाल समूह निकट मानिन्छन् भने झा ओली निकट व्यक्ति हुन् ।

r 2
rajesh jha ko niyukti

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७