इन्धनमा मूल्य वृद्धिको असर : बढ्यो हवाई भाडा (नयाँ भाडादरसहित)


प्रकाशित मिति : February 19, 2021

काठमाडौं, ७ फागुन । नेपाल आयाल निगमले इन्धनको मूल्य वृद्धि गरेसँगै हवाई कम्पनीहरुले पनि हवाई भाडा वृद्धि गर्ने भएका छन् । शुक्रबार बसेको बायुसेवा सञ्चालक संघको बैठकले निगमले हवाई इन्धनको समेत मूल्य वृद्धि गरेको भन्दै हवाई भाडा वृद्धि गर्ने निर्णय गरेका हुन् ।

संघले शुक्रबार नै एक सूचना जारी गर्दै भोलि फागुन ८ गतेदेखि लागू हुने गरी नयाँ भाडा लागू हुने जनाएका छन् । निगमले गत फागुन ४ गते पेट्रोल, डिजेल र मट्टितेलसँगै हवाई इन्धनको समेत मूल्य प्रतिलिटर २ रुपैयाँ बृद्धि गरेको थियो ।
हेर्नुस् नयाँ हवाइ भाडादर

प्रतिक्रिया दिनुहोस्