नेकपाद्धारा पार्टी पङ्क्तिलाई तयार अवस्थामा रहन निर्देशन {भिडियो}


७ फाल्गुन २०७७, शुक्रबार

काठमाडौं, ७ फागुन । नेकपााले जस्तोसुकै परिस्थिति आए पनि पछि नहट्न र तयारी अवस्थामा रहन पार्टी पङ्क्तिलाई निर्देशन दिएको छ । शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको सो पक्षको केन्द्रीय समिति बैठकले निर्वाचन आयोग र अदालतबाट जस्तो पनि फैसला आउन सक्ने भन्दै परिस्थितिका आधारमा तयार रहन पार्टी पङ्क्तिलाई निर्देशन दिएको हो ।

त्यस्तै बैठकले पार्टीद्वारा घोषित चौथो चरणको संघर्षका कार्यक्रमलाई सफल पार्नका लागि पनि निर्देशन दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा अध्यक्षद्वय प्रचण्ड र माधव कुमार नेपालले संगाठनिक एकीकरणको काम केहि दिनभित्रै सक्ने बताएको प्रवक्ता श्रेष्ठले बताए ।

त्यस्तै प्रवक्ता श्रेष्ठले राजनीतिक परिवर्तनलाई जोगाउन नेकपा प्रतिवद्ध रहेको बताए । श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली फाँसीवादी चरित्रअनुसार अगाडि बढेको आरोप लगाउँदै छिटै पतन हुने बताए । श्रेष्ठले प्रदेश नम्बर २ का प्रमुख परिवर्तन प्रधानमन्त्रीको दमनकारी नीति भएको टिप्पणी गर्नुभयो । आयोगले नेकपाको आधिकारिकताबारे प्रस्ट्याउन ढिलाइ गरिरहेको भन्दै सन्तुष्ट हुन नसकेको उनले बताए ।

प्रतिनिधिसभा बिघटनको बिषय अदालतमा अन्तिम चरणमा पुगेको भन्ने खवर आएको र अव कसरी अघि बढ्ने भन्ने बारेमा बैठक केन्द्रीत रहेको उनले बताए । बैठकमा आएका केन्द्रीय सदस्यहरूले पार्टीको परिचयपत्र र नागरिकतासमेत बोकेर आएका थिए । निर्वाचन आयोगमा आवश्यक परे सशरीर उपस्थित हुनुपर्ने भएकाले केही दिन केन्द्रीय सदस्यहरूलाई उपत्यकाबाहिर नजान समेत भनिएको नेताहरुले बताएका छन् ।

भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७