अपराजित रहदै एपीएफलाई राष्ट्रिय महिला लिग फुटबलको उपाधि {भिडियो}


७ फाल्गुन २०७७, शुक्रबार
apf CLUB CHAMPION

काठमाडौं, ७ माघ । विभागीय टिम एपीएफ क्लबले अपराजित रहदै राष्ट्रिय महिला लिग फुटबलको उपाधि जितेको छ । शुक्रबार भएको लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै एपीएफ अपराजित रहदै च्याम्पियन बनेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपीएफलाई जित दिलाउन सरु लिम्बुले दुई गोल गरिन् । यस्तै अनिता केसीले एक गोल गरिन् । जितसँगै एपीएफले लिगमा १० अंकको अग्रतासहित उपाधि हात पारेको हो । एपीएफले लगातार तेस्रो पटक लिगको उपाधि जितेको हो ।

एपिएफले लिगभर कुल ७७ गोल गर्दा एक गोलमात्र बेहो¥यो । एपिएफले पुलिसविरुद्ध एक गोल खाएको थियो । यता लिगमा दोस्रो भएको आर्मीले लिगको दुवै खेलमा एपिएफसँग हार बेहो¥यो । पहिलो राउन्डमा २–० ले हार बेहोरेको आर्मीले दोस्रो राउन्डमा दोस्रो राउन्डमा ३–० ले पराजित हुन पुग्यो ।

त्रिपुरेश्वस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा एपिएफको जितमा सरु लिम्बुले दुई तथा अनिता केसीले गोल गरिन् । प्रतिस्पर्धात्मक खेलको २१औं मिनेटमा प्रिति राईको प्रहार डिफेन्डरलाई डिफ्लेक्ट हुदै बाहिरिदा एपिएफ अग्रता लिनबाट चुक्यो ।

४५औं मिनेटमा सरु लिम्बुले गोल गर्दै एपिएफलाई १–० ले अघि बढाइन् । काउन्टर अट्याकमा गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्वाको लामो पासलाई नियन्त्रणमा लिदै अनिता केसीले पेनाल्टी बक्सबाहिर मिलाइदिएको पासलाई सरुले उत्कृष्ट फिनिस गरिन् ।

त्यसअघि बिमला बिकको फ्रिकिकलाई गोलरक्षक एन्जिलाले सहजै बचाएकी थिइन् । ४८औं मिनेटमा बिमला चौधरीको क्रसलाई एन्जिलाले सहजै बचाउदै टोलीलाई कुनै खतरा हुन दिएन । ६९औं मिनेटमा बिमला बिकको फ्रिकिकलाई एन्जिलाले सहजै बचाइन् ।

८२औं मिनेटमा बिमला चौधरीको कर्नरलाई गोलरक्षक एन्जिलाले पञ्च गर्दै बचाइन् । ८६औं मिनेटमा अनिता केसीले गोल गर्दै एपिएफलाई २–० को अग्रता दिलाइन् । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा सरु लिम्बुले व्यक्तिगत दोस्रो गोल गर्दै एपिएफलाई ३–० को जित दिलाईन

गोलरक्षक अन्जना राना मगर अघि बढेको अवस्थामा सरुले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार गोल पोस्ट नजिकै रहेका डिफेन्डरले बचाउन सकेनन् ।

उपाधिसँगै एपिएफले १५ लाख रुपैयाँ हात पारेको छ । दोस्रो भएको आर्मीले ८ लाख रुपैयाँ हात पारेको छ । तेस्रो भएको पुलिसले ५ लाख तथा चौथो भएको वालिङ नगरपालिका स्याङ्जाले ३ लाख रुपैयाँ प्राप्त गरेको छ ।

७ माघबाट दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा शुरु हुने प्रतियोगितामा सात टोली विभागीय टोली नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, वालिङ नगरपालिका स्याङ्जा, चौदन्डीगढी नगरपालिका उदयपुर, चन्द्रपुर नगरपालिका रौतहट र विराटनगर महानगरपालिका मोरङको सहभागिता रहेको थियो ।

अन्तिम खेलमा पराजित आर्मी उपविजेता

लिगको अन्तिम खेलमा पराजित आर्मी उपविजेता बन्यो । उपाधिसंगै एपीएफले १५ लाख प्राप्त गरेको छ । उपविजेता बनेको आर्मीले ८ लाख प्राप्त गर्यो । तेस्रो भएको नेपाल पुलिसले ५ लाख पाउँदा चौथो बनेको वालिङले ३ लाख प्राप्त गरेको छ ।

प्रतियोगीतामा विभागीय टिम एपीएफ क्लबकी सरु लिम्बु राष्ट्रिय महिला लिग फुटबलको सर्वोत्कृष्ट खेलाडी बनेकी छिन् । सर्वोत्कृष्ट खेलाडी बनेसंगै सरुले यामाहाको स्कुटर प्राप्त गरिन् ।

यस्तै एपीएफ क्लबकी सावित्रा भण्डारी उत्कृष्ट फरवार्ड, पुलिस क्लबकी अमृता जैशी उत्कृष्ट डिफेन्डर, आर्मी क्लबकी विमला चौधरी उत्कृष्ट मिडफिल्डर चूनिए ।

त्यस्तै पुलिस क्लबकी उषा नाथ उत्कृष्ट गोलकिपर र एपीएफ क्लबकी भगवती थापा उत्कृष्ट प्रशिक्षक चुनिए । उनीहरुले जनही ५० हजार प्राप्त गरेका छन् । त्यस्तै फेयर प्ले चन्द्रपुरले जितेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७