राष्ट्रिय महिला फुटबल लिगको सरु लिम्बु सर्वोत्कृष्ट खेलाडी


७ फाल्गुन २०७७, शुक्रबार
saru limbhu

काठमाडौं, ७ फागुन । विभागीय नेपाल एपिएफ क्लबकी मिडफिल्डर सरु लिम्बु राष्ट्रिय महिला लिगको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन् ।


विभागीय टिम एपीएफ क्लबले अपराजित रहदै राष्ट्रिय महिला लिग फुटबलको उपाधि जितेको हो । सरुले एपिएफलाई लिग च्याम्पियन बनाउन महत्वपुर्ण भुमिका निर्वाह गरेकी थिईन् । उनले एक थान स्कुटर प्राप्त गरिन् ।
त्रिपुरेश्वस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा एपिएफको जितमा सरु लिम्बुले दुई तथा अनिता केसीले एक गोल गरिन् ।

४५औं मिनेटमा सरु लिम्बुले गोल गर्दै एपिएफलाई १–० ले अघि बढाइन् । काउन्टर अट्याकमा गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्वाको लामो पासलाई नियन्त्रणमा लिदै अनिता केसीले पेनाल्टी बक्सबाहिर मिलाइदिएको पासलाई सरुले उत्कृष्ट फिनिस गरिन् ।

त्यसअघि बिमला बिकको फ्रिकिकलाई गोलरक्षक एन्जिलाले सहजै बचाएकी थिइन् । ४८औं मिनेटमा बिमला चौधरीको क्रसलाई एन्जिलाले सहजै बचाउदै टोलीलाई कुनै खतरा हुन दिएन । ६९औं मिनेटमा बिमला बिकको फ्रिकिकलाई एन्जिलाले सहजै बचाइन् ।

८२औं मिनेटमा बिमला चौधरीको कर्नरलाई गोलरक्षक एन्जिलाले पञ्च गर्दै बचाइन् । ८६औं मिनेटमा अनिता केसीले गोल गर्दै एपिएफलाई २–० को अग्रता दिलाइन् । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा सरु लिम्बुले व्यक्तिगत दोस्रो गोल गर्दै एपिएफलाई ३–० को जित दिलाईन ।

एपिएफकी फरवार्ड सावित्रा भण्डारी ‘साम्वा’ लिगको उत्कृष्ट फरवार्ड चुनिईन् । लिगको सर्वाधिक गोलकर्तासमेत रहेकी सावित्राले लिग भर चार ह्याट्रिक, दुई दोहोरो ह्याट्रिक र एक खेलमा १२ गोलसहित कुल ४३ गोल गरेकी थिइन् ।

यस्तै पुलिसकी गोलरक्षक उषानाथ उत्कृष्ट गोलरक्षक, पुलिसकी अमृता जैशी डिफेन्डर, आर्मीकी बिमला चौधरी मिडडफिल्डर र एपिएफकी भगवती थापा उत्कृष्ट प्रशिक्षक चुनिइन् । उनीहरु सबैले समान ५० हजार रुपैया प्राप्त गरे ।

उपाधिसँगै एपिएफले १५ लाख रुपैयाँ हात पारेको छ । दोस्रो भएको आर्मीले ८ लाख रुपैयाँ हात पारेको छ । तेस्रो भएको पुलिसले ५ लाख तथा चौथो भएको वालिङ नगरपालिका स्याङ्जाले ३ लाख रुपैयाँ प्राप्त गरेको छ ।

अपराजित रहदै एपीएफलाई राष्ट्रिय महिला लिग फुटबलको उपाधि {भिडियो}

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७