प्रिमियर लिग : उल्भर ह्याम्पटनसँग लिड्स युनाइटेड पराजित


८ फाल्गुन २०७७, शनिबार

काठमाडौं, ८ फागुन । इङ्लिस प्रिमियर लिग फुटबलमा उल्भर ह्याम्पटन वान्डरसले लिड्स युनाइटेडलाई पराजित गरेको छ ।

उल्भर ह्याम्पटनले गएराति भएको खेलमा लिड्स युनाइटेडलाई १–० गोल अन्तरले ले पराजित गरेको हो । उल्भर ह्याम्पटनका लागि इलान म्यासलियरले एक गोल गरेका हुन् । जारी लिगमा उल्भर ह्याम्पटन ३३ अंकसहित ११ औं र लिड्स युनाइटेड ३२ अंकसहित १२ औं स्थानमा रहेका छन् ।

५६ अंकसहित म्यानचेस्टर सिटी लिगको शीर्ष स्थानमा रहेको छ भने म्यानचेस्टर युनाइटेड ४६ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७