‘मिसेज व्यूटी क्वीन’ नेपालका प्रतियोगीहरुले देखाए आन्तरिक प्रतिभा


८ फाल्गुन २०७७, शनिबार
2 6 768x448 1

काठमाडौं, ८ फागुन । सिजन मिडिया प्रालिद्धारा आयोजित विवाहीत महिलाहरुमा केन्द्रित ‘लेट मि इन मिसेस व्यूटी क्वीन नेपाल सिजन–४’ मा सहभागीह २३ प्रतियोगीहरुले आ–आफ्नो आन्तरिक प्रतिभा प्रदर्शन गरेका छन् ।

उक्त कार्यक्रमको शुरुवातमा लसता शाक्यको फ्युजन नृत्यबाट शुरु भएको थियो भने सृजना थापा, निरु सिंह सुस्मा रिजाल सुवेदीले पनि विभिन्न नेपाली गीतमा नृत्य प्रस्तुत गरी आफ्नो आन्तरिक प्रतिभा देखाएका थिए । यस्तै गायनतर्फ लक्ष्मी राणा, डा. अस्विना केसी, लक्ष्मी अर्याल, सिर्जना अधिकारीले पनि नेपाली गीत गाएर मनोरञ्जन प्रदान गरेका थिए ।

सजिता रेग्मी, सुनीता केसी, रेनु रायमाझी, सपना थापा र सरस्वती आचार्य गौतमले विभिन्न शीर्षकमा कविता वाचन गरेका थिए । त्यस्तै गरेर अन्जु क्षेत्री, लक्ष्मी घिमिरे, सर्मिला घिसिङ, चन्द्रकला राय, अम्विका थापा र रस्मी शाक्यले विभिन्न विषयमा निवन्धमार्फत आफ्नो धारणा राखेका थिए ।

सुनीता राई लक्ष्मी मर्हजन पनिता कार्कीले विभिन्न परिकारहरु पकाएर निर्णायक मण्डललाई खुवाउँदै आफ्नो पाक कला प्रदर्शन गरेका थिए । सुम्निमा लम्सालले नाटक प्रस्तुत गरेकी थिइन् । उक्त कार्यक्रममा वरिष्ठ डान्स कोरियोग्राफर राजेन्द्र राई, गायक भिम लिम्बु, व्यवसायी श्रवणकुमार कुवर, युवा मञ्चका सम्पादक तथा पत्रकार लक्ष्मी खतिवडा र मिसेज व्यूटी क्वीन २०१८ की विजेता सुदीक्षा आचार्य सहभागी थिए ।

प्रतियोगिताको अन्तिम प्रतिष्पर्धा फागुन १७ गते सोमबार नाचघर जमलमा सम्पन्न हुने संस्थाका कार्यक्रम निर्देशक रेजिना तुलाधरले जानकारी दिइन् । प्रतियोगिताका विजेताहरुले ‘मिसेस व्यूटी क्वीन नेपाल २०२१’ को उपाधीसहित फ्रिज, टेलीभिजन, हिटर साथै उपचार स्वरुप घरायसी सामाग्रीहरु र सिंगापुर भ्रमणका लागि ३ जना विजेतालाई हवाई टिकटहरु प्रदान गरिने छ ।

यस्तै लेटमिइनको तर्फवाट ५० हजार बराबरको गिफ्ट भौचर प्रदान गरिने छ । यस बाहेक अन्य विभिन्न २० विधामा पनि उपविजेता छनौट गरिनेछ । विजेताहरुलाई विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराइने आयोजक सिजन मिडियाका प्रवन्ध निर्देशक प्रदीपराज वन्तले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७