खोटाङको १९ वर्षिया राई राष्ट्रिय कविता प्रतियोगितामा तृतिया


७ फाल्गुन २०७७, शुक्रबार
tejkumar rai

खाेटाङ, ७ फागुन । केपिलास गढी गाउँपालिका वडा नं. ५ का १९ वर्षीय तेजकुमार राई राष्ट्रिय कविता प्रतियोगितामा तृतिया स्थान हासिल गर्न सफल भएका छन् । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता तथा निबन्ध प्रतियोगितामा उनको ‘नमेटिने चक्रचिह्न’ शिर्षकको कविताले तृतीय स्थान प्राप्त गरेकाे हाे ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट रु ३० हजार नगदसँगै प्रमाणपत्र प्राप्त गरे । खोटाङ सि सिङगीङ आइडलले समेत भईसकेको राई गीत–संगीत क्षेत्रमा समेत उत्तिकै अबल रहेका छन् । उनी निबन्ध लेखन र वक्तृत्वकलामा पनि उत्तिकै दख्खल छन् ।

यस्तै प्रतियाेगितमा कविता तर्फ रामेछापको विक्रम पवन परियार प्रथम र तनहुँको गोविन्द गोपाल खतिवडाको कविता द्धितीय हुन सफल भयो । उनीहरुले क्रमशः ५० हजार, द्वितीयतर्फ ४० हजार हात पारे ।

यस्तै ‘राष्ट्रिय समृद्धिको यात्रामा युवावर्गको दायित्व’ शीर्षकमा निबन्धतर्फ इलामको गणेशप्रसाद भट्टराई प्रथम, तेह्रथुमका रेजिना आपगाई द्धितिया र काठमाडौंको प्रेमराज सिलवाल तृतीय हुन सफल भए । उनीहरुले क्रमशः प्रथमतर्फ ५० हजार, द्वितीयतर्फ ४० हजार र तृतीयतर्फ ३० हजार र प्रमाणपत्र पुरस्कार हात पारे ।

पुरस्कृत प्रतिभाहरूलाई नेपाल प्रज्ञा–प्रतिष्ठान कुलपति गंगाप्रसाद उप्रेतीले फूलमाला, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले नगद पुरस्कार र प्रधानमन्त्रीले सम्मानपत्र अर्पण गरेका थिए ।

कार्यक्रमको समापनमा प्रधानमन्त्री आलीले नेपाल प्रज्ञा–प्रतिष्ठानमा सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायमार्फत् प्रज्ञा–प्रतिष्ठानका कलाकार र सांस्कृतिक संस्थानका महाप्रवन्धक अशोकप्यासी राईमार्फत् सांस्कृतिक संस्थानका कलाकारहरूलाई धन्यवादपत्र प्रदान गरेको थियो । सो अवसरमा प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानका कलाकारहरूद्वारा नेपालका सात ओटै प्रदेशका लोकसंस्कृति झल्किने साङ्गीतिक तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका साथै सरकारका विभिन्न निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नेपाल टेलिभिजनकी भावना केसीले गरेकी थिईन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७