गौरिका सिंह र मन्देकाजी श्रेष्ठ ‘एनएनआईपीए सर्वोत्कृष्ट खेलाडी’ {भिडियाे}


९ फाल्गुन २०७७, आईतवार
gurika singh and mandekaji shrestha12

काठमाडौं, ८ फागुन । पौडीकी गौरिका सिंह र करातेका मन्देकाजी श्रेष्ठले ’एनएनआईपीए सर्वोत्कृष्ट खेलाडी’ अवार्ड जितेका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले शनिबार भक्तपुरमा आयोजना गरेको १५ औं एनएनआईपीए स्पोर्ट्स अवार्डमा महिलातर्फ गौरिका र पुरुषतर्फ मन्दे सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् ।

एनएनआईपीए वर्ष उत्कृष्ट खेलाडीको अवार्ड प्राप्त गर्ने २६ खेलाडीमध्येबाट गौरिका र मन्दे सर्वोत्कृष्ट ठहरिए । सर्वोकृष्ट चुनिएसँगै गौरिका र मन्देले १–१ लाख रुपैयाँ प्राप्त गरेका छन् ।
यस्तै यस पटक थप गरिएको राइजिङ प्लेयर अफ दि इयर अवार्ड पुरुषमा गल्फका सुवास तामाङ र महिलामा कुस्तीकी संगीता धामीले प्राप्त गरे । दुबैले जनही ५०–५० हजार रुपैयाँ प्राप्त गरे । प्रतिभावान खेलाडीको अवार्ड पुरुषमा फुटबलका सुजल श्रेष्ठ र महिलातर्फ तेक्वान्दोकी आयशा शाक्यले प्राप्त गरे । उनीहरुले जनही ५०–५० प्राप्त गरे ।

यस्तै अवार्ड कार्यक्रममा विभिन्न २६ खेलका उत्कृष्ट खेलाडीलाई ’एनएनआईपीए वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड प्रदान गरिएको थियो । उत्कृष्ट खेलाडी अवार्ड पाउने २६ खेलका प्रत्येक खेलाडीले जनही १०–१० हजार नगद प्राप्त गरे ।

  • sports award 1
  • ghaurika singh and mandekaji shrestha
  • mandekaji shrestha
  • gaurika singh

कार्यक्रममा पहिलो अन्तर्राष्ट्रिय धावक गजराज जोशीको नाममा रहेको ‘गजराज आदर्श खेलाडी’ अवार्डबाट कराते प्रशिक्षक अकबर शाह सम्मानित भएका थिए । शाहले ३५ हजार प्राप्त गरे । पारा एथ्लेटिक अवार्ड टेबलटेनिसका केशव थापाले प्राप्त गरे ।

खेलाडीहरुलाई मध्यपुर थिमी नगरपालिका प्रमुख मदन सुन्दर श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव रमेश सिलवाल, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्र श्रेष्ठ र सम्बन्धित खेल संघका पदाधिकारीहरुले पुरस्कार प्रदान गरेका थिए । १६ औं संस्करणको यो अवार्ड गोदावरी नगरपालिकाले आयोजना गर्ने त्यहाँका नगर पालिकाका मेयर गजेन्द्र महर्जनले घोषणा गरे ।

एनएनआइपिए स्पोर्टस् अवार्डमा वर्षका उत्कृष्ट खेलाडी

गौरिका सिंह (पौडी)

मण्डेकाजी श्रेष्ठ (कराते)

सुजल श्रेष्ठ (फुटबल)

पुरुषोत्तम बज्राचार्य (टेबल टेनिस)

कल्पना परियार (सुटिङ)

कुलबहादुर थापा (भलिबल)

विकास थापा भारोत्तोलन (भारोत्तोलन)

प्रदीप खड्का (लन टेनिस)

रविना थापा (फेन्सिङ)

कल्पना ओली (ह्यान्डबल)

विपना ब्लोन (स्क्वास)

मिनु गुरुङ (बक्सिङ)

श्याम बुढाथोकी (खो खो)

रत्नजित तामाङ (ब्याडमिन्टन)

सोनी तामाङ (ट्राइथोलन)

अन्जली चन्द (क्रिकेट)

आयशा शाक्य (तेक्वान्दो)

सुवास तामाङ (गल्फ)

देविका खड्का (जुडो)

सनातन मल्ल (आर्चरी)

जुनी राई (उसु)

अनुशा मल्ल (बास्केटबल)

संगिता धामी (कुस्ती)

मेनुकाकुमारी राजभण्डारी (कबड्डी)

सन्तोषी श्रेष्ठ (एथलेटिक्स)

बुद्धिबहादुर तामाङ (साइक्लिङ)

पारा एथलेट – केशव थापा (टेबल टेनिस)

सर्वोत्कृष्ट खेलाडी

गौरिका सिंह (पौडी)

मन्देकाजी श्रेष्ठ (कराते)

प्रतिभावान खेलाडी

आयशा शाक्य (तेक्वान्दो)

सुजल श्रेष्ठ (फुटबल)

उदयीमान खेलाडी

सुवास तामाङ (गल्फ)

संगिता धामी (कुस्ती)

गजराज आदर्श खेल व्यक्तित्व

अकवर शाह (कराते)

एनएनआइपिए पत्रकारिता सम्मान

रोशन सिंह राउत (अन्नपूर्ण पोष्ट)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७