२०७७ फागुन ९ गते आइतबारको तपाईको राशिफल


प्रकाशित मिति : February 21, 2021

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज साथीभाइबाट सहयोग मिल्ने छ । धार्मिक कार्यबाट सन्तोष मिल्ने छ । शिक्षामा प्रगति हुनुका साथै रोजगारीको अवसर पनि मिल्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्न सक्छ । गरेको काममा ढिलासुस्ती हुनेछ । बढी मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । कला र गलाको प्रभाव बढ्ने छ । मनोरञ्जनमा सहभागी भइएला । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज मनमा चञ्चलता बढ्नाले गलत निर्णय लिन पुगिएला सचेत रहनुहोला । बोलीको विपरीत अर्थ लाग्न सक्छ अतः संयम रहनु होला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज शुभकार्यको चर्चा चल्ने छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । लाभदायक यात्रा रहला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज परिवारिक सद्भाव बढ्ने छ । नयाँ व्यक्तिसँग भेटघाट हुने समय छ । व्यापार व्यवसायबाट लाभ मिल्ने छ । मिहिनेत गर्दा बढी प्रगति हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । विद्या र बुद्धिको विकास हुनेछ । यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिवारमा ठूलो जमघट वा कुनै धार्मिक सामाजिक कार्य सम्पन्न हुनेछ । दैनिक कामहरू अगाडि बढ्ने छन् । कार्य सम्पादनमा सहजता मिल्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । शुभकार्यको चर्चा चल्ने छ । रुलाई प्रभावित पारेर काम बन्ने छ । सांगीतिक क्षेत्रमा रुची बढ्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
इच्छा र आकांक्षा पूर्ण हुने भएको छ । मनमा हर्ष छाउनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । नयाँ सफलता पनि मिल्न सक्छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
एउटै कामबाट दोहोरो लाभ मिल्ने छ । वैदेशिक कार्य अघि बढ्ने छ । धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । आत्मिक सन्तुष्टि मिल्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
अतिथिका रूपमा सम्मान पाइनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । आत्मिक सन्तुष्टि पनि मिल्ने छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया दिनुहोस्