मन्दिर देखाएर भूकम्पपीडितले लिए अनुदान


९ फाल्गुन २०७७, आईतवार
temple

दोलखा, ९ फागुन । निजी आवासको पुर्ननिर्माण सम्पन्न हुने अवस्थामा पुगिरहेका बेला आमनागरिकले झुठा विवरण पेश गरेर अनुदान कुम्ल्याउने प्रवृति बढेको छ ।

दक्षिणी दोलखाको मेलुङ गाउँपालिका १ पवटीका भूकम्प प्रभावित लाभग्राहीले कुल पूजा गर्ने मन्दिर देखाएर निजी आवास पुननिर्माण बापतको ३ लाख अनुदान लिएको खुलासा भएको छ । मेलुङ गाउँपालिका २ घ्याङसुकाठोर घर भई पवटीमा छोरीसँग बसोबास गरिरहेकी डम्बरकुमारी कार्कीले मन्दिर देखाएर निजी घरको अनुदान लिएको देखिएको हो ।

पुर्ननिर्माण प्राधिकरण दोलखामा २०७७ असोज २० गते बेनामी निवेदन दर्ता भयो । त्यसैको आधारमा गरिएको स्थलगत अध्ययनले कार्कीले थापा थरीहरुको कुल पूजा गर्ने मन्दिर देखाएर निजी घरको अनुदान लिएको खुलेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण दोलखाका प्रमुख रामप्रसाद पोखरेलले जानकारी दिए ।

प्रतिवेदनमा एकै परिवारका ३ पुनर्निर्माण लाभग्राहीहरु कार्की, उनका ज्याइँ, प्रेमबहादुर थापा र देवेन्द्र थापाले घर बनाउन सम्झौता गरेको र २ वटा मात्र घर बनाएको उल्लेख छ । जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन) को प्रतिवेदनमा थापाद्धयको घर पहिचान भए पनि कार्कीकोे घर खोज्दा वडा कार्यलयमा कार्यरत प्राविधिकले झुठा विवरण पेश गरी भूकम्प प्रतिरोधी घर बनाउन दिइएको ३ लाख अनुदान लिएको उल्लेख छ ।

पुनर्निर्माण प्राधिकरणले कार्कीसँग गरेको सम्झौता नं. २२–४४–१–०–११८ को घर कहाँ छ ? भनेर स्थलगत अध्ययन गर्दा उनका आफन्तले थापा थरीको कुल पूजा गर्ने मन्दिर देखाएको वडाका हालका इन्जिनियर ध्रुवेन्द्रकुमार चौधरीले जानकारी दिए । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७