एभर्टनसँग लिभरपुल २–० ले पराजित


९ फाल्गुन २०७७, आईतवार
sports 4

काठमाडौं, ९ फागुन । इङ्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुललाई एभर्टनले २–० ले हराएको छ ।

गए राति लिभरपुलको मैदान एन्फील्डमा भएको मर्सीसाइड डर्बीमा पाहुना टोली एभर्टनले महत्वपूर्ण जित हात पारेको हो । खेलमा एभर्टनलाई विजयी गराउन रिचार्लीसन र जिल्फी सिगुर्डसनले एक एक गोल गरे ।

सन् १९९९ पछि एभर्टनले लिभरपुललाई उसैको मैदानमा हराएको यो पहिलो अवसर हो । प्रिमियर लिगकै अर्को खेलमा चेल्सी र साउथह्याम्पटन १–१ गोलको बराबरीमा रोकिंदा वेष्ट ब्रोमले बर्न्लेसँग गोलरहित बराबरी खेलेको छ ।

गए राति फुल्हमले शेफिल्ड युनाईटेडलाई १–० ले हरायो । प्रिमियर लिगमा आज राति चार खेल हुनेछन् । शीर्ष स्थानको म्यान्चेस्टर सिटीले आर्सनलसँग खेल्दा टोटनह्याम हट्सपर र वेष्ट ह्याम युनाईटेड, एस्टन भिल्ला र लेष्टर सिटी तथा म्यान्चेस्टर युनाईटेड र न्युकासल युनाईटेड भिड्ने छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७