विप्लवलाई चिन्न पाँच वर्ष पनि लाग्दैन : अध्यक्ष गोपाल किराती


९ फाल्गुन २०७७, आईतवार
Gopal Kirati

काठमाडौं, ९ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किरातीले ‘विप्लव’ लाई चिन्न पाँच वर्ष पनि नलाग्ने’ ठोकुवा गरेका छन् ।

सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सरकारसँग वार्ता गर्न तयार रहेको समाचार बाहिर आएका बेला आज (आइतबार) एक फेसबुक स्टाटस लेख्दै किरातीले यस्तो दावी गरेका हुन् ।
यस्तो छ किरातीको फेसबुक स्टाटस
राजकीय सत्तासीन भएपछि ओलीलाई चिन्न ३० बर्ष र प्रचण्डलाई चिन्न १५ बर्ष लाग्यो भने विप्लबलाई चिन्न ५ बर्ष पनि लाग्दैन । सत्ता साझेदारी खोजेका विप्लब समूहको राजनीतिक मृत्युको कारण अवस्तुवादी दृष्टिकोण तथा उपभोक्तावादी सँस्कृति हो ।

Gopal kirati facebook ugpE8f478Z

अध्यक्ष किराती हिजो जनयुद्धकालमा विप्लवसँग घनिष्ठ रहेर सहकार्य गरेका नेता हुन् । सरकारसँग वार्ता गर्न आफ्नो पार्टी तयार रहेको बताउँदै विप्लव समूहले पहिला आफ्नो पार्टीमाथिको प्रतिबन्ध फुकुवा हुनुपर्ने शर्त अघि सारेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७