प्रदेश–१ : अविश्वासको प्रस्ताव पेस गर्न नदिन ओली समूहले प्रदेश सभा अवरुद्ध गर्ने

‘अविश्वासको प्रस्ताव टेवल हुनै पर्छ’, कांग्रेस भन्छन्–रोक्न मिल्दैन


९ फाल्गुन २०७७, आईतवार
pradesh 12021 01 21 09 24 43

विराटनगर, ९ फागुन । प्रदेश–१ को प्रदेश सभा बैठक आज (आइतबार) बस्दैछ । दिउसो बस्ने बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाकै प्रचण्ड–नेपाल पक्षले दर्ता गराएको अविश्वासको प्रस्ताव बाहेक कुनै विजनेस छैन ।

तर सत्तापक्ष नेकपाको ओली समूहले भने मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्न नदिने रणनीति बनाएको छ । यसअघि ओली समूहको अवरोधका कारण अविश्वास प्रस्ताव दर्ता हुने सकेको छैन ।

मुख्यमन्त्री राईले भने अविश्वासको प्रस्ताव जबरजस्ती अघि बढाए प्रदेशसभा भंग गर्ने चेतावनी दिएका छन् । गत माघ २५ गते ओली समुहका सांसदहरूले विरोध जनाएपछि कार्यसूचीमा प्रवेशै नगरी बैठक स्थगित भएको थियो ।

नेकपाका दाहाल नेपाल समुहका ३७ सांसदले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । यस अघि माघ ७ गते बोलाएको बैठक ३ मिनेट बसेर स्थगन भएको थियो । विपक्षी कांग्रेसले अविश्वास प्रस्तावको पक्ष वा विपक्षमा उभिने भन्नेमा अहिलेसम्म ठोस निर्णय लिएको छैन ।

कांग्रेसले प्रदेशसभाको बैठक जसरी अघि बढ्ने र सोहीअनुसार निर्णय लिने जनाएको छ । ९३ सदस्यीय प्रदेशसभामा नेकपाको दुवै समुह गरि ६७, कांग्रेसका २१, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक एक जना सांसद छन् ।

‘अविश्वासको प्रस्ताव टेवल हुनै पर्छ’
सरकार पक्षले बैठक अवरुद्ध गर्ने बताइरहँदा नेकपा प्रचण्ड–माधव पक्षले आजको बैठकमा अविश्वासको प्रस्ताव टेबुल गरिनै पर्ने बताएको छ । ‘अविश्वासको प्रस्ताव दर्ता भएको एक महिनापछि मुख्यमन्त्री ज्यूले प्रदेशसभा बोलाउनु भयो, त्यसपछि १८ दिन र १५ दिन गरी दुई पटक सरकारले समय लियो तर सार्थक पहल गरेन,’ नेकपा प्रचण्ड–माधव पक्षका नेता इन्द्र आङ्बोले भने, ‘आजको बैठकमा अविश्वासको प्रस्ताव टेबुल हुनुपर्छ र नियमित प्रकृयामा अघि बढ्नु पर्छ ।’

प्रदेशसभा भङ्ग गर्ने अभिव्यक्ति दिँदै हिँड्ने सरकारकसँग अनौपचारिक छलफलमा बस्नुपर्ने औचित्य नरहेको उनले बताए । ‘छलफलको समन्वय नगर्ने तर बाहिर संसद् भङ्ग गर्ने अभिव्यक्ति दिँदै हुनुहुन्छ,’ उनले भने, ‘हामीले सरकारसँग सदनमा छलफल गर्न चाहेका छौं ।’
कांग्रेस भन्छन्–रोक्न मिल्दैन
नेपाली कांग्रेस प्रदेश सभाका प्रमुख सचेतक केदार कार्की सदन रोक्न नमिल्ने बताउँछन् । सरकार पक्षले सदन रोक्न नमिल्ने बताउँदै उनले आइतबारबाट निरन्तर रुपमा अघि बढ्नु पर्ने बताए ।
‘नेपाली कांग्रेस सदन सञ्चालनको पक्षमा छ । सरकारले रोक्न मिल्दैन,’ उनले भने, ‘सदनमा रहेको अविश्वासको प्रस्तावमा छलफल अघि बढ्नु पर्छ ।’

नेकपाका प्रचण्ड–नेपाल पक्षका ३७ सांसदले प्रधानमन्त्री केपी शर्मा ओली निकट मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । त्यसलगत्तै मुख्यमन्त्री राईले अविश्वासको प्रस्ताव सजिलै सामना गर्ने बताएका थिए । तर, पछिल्ला बैठकहरु चल्न नदिएका उनले प्रदेशसभा भंग हुने धम्की समेत दिन थालेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७