करिना कपुर दोस्रोपल्ट बनिन् आमा


प्रकाशित मिति : February 21, 2021

नयाँदिल्ली, ९ फागुन । बलिउड अभिनेत्री करिना कपुर दोस्रोपल्ट आमा बनेकी छिन् । उनले दोस्रो पटक आइतबार बिहान छोरालाई जन्म दिइन् । करिना र सैफ अली खान आफ्नो नयाँ पाहुनाका लागि निकै उत्साहित छन् ।

आफ्नो भाइको स्वागतका लागि तैमुर पनि पूर्ण रुपमा तयार देखिएका छन् । करिनालाई शनिबार राती ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । भारतीय सञ्चार माध्यका अनुसार आमा र बच्चा दुबै स्वस्थ छन् । करिना कपुरको परिवारका थुप्रै सदस्य अस्पतालमा आवतजावत गरिरहेको देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्