विदेशमा कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या ३३६ पुग्यो


९ फाल्गुन २०७७, आईतवार
korona death

काठमाडौं, ९ फागुन । कोरोना भाइरस संक्रमणबाट विदेशमा यो साता थप एक नेपालीको ज्यान गएका छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता संयुक्त अधिराज्य बेलायतमा एक जनाको निधन भएको हो । योसहित २१ देशमा निधन हुने नेपालीको संख्या ३३६ जना पुगेको छ ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाकाअनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ६० हजार ६३० जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

तीमध्ये ५९ हजार १२० जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमणमुक्त हुने दर ९७ प्रतिशत छ । स्वास्थ्य समितिका अनुसार यो साता स्वीडेन, स्पेन, पोल्याण्ड, सेसल्स, बेलायत, युएई, साउदी अरबमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७