नेकपा अध्यक्षद्वय प्रचण्ड–नेपालबीच पार्टीमा ५०–५० प्रतिशतमा सहमति


९ फाल्गुन २०७७, आईतवार
madhav nepal prachanda scaled

काठमाडौं, ९ फागुन । आन्दोलनरत नेकपाले पार्टी एकता र पदपूर्तिसम्बन्धी आधारपत्र तयार गरेको छ । नेकपाले संगठनात्मक संरचनालाई पूर्णता दिन नौं बुँदे आधार तयार गरेको छ । विभाजनका क्रममा केपी ओली समूहमा खुलेका नेताहरूको स्थानमा पदपूर्ति गर्न प्रचण्ड–माधव पक्षले पदपूर्तिका आधार र मापदण्ड तय गरेको हो ।

७ फागुनको केन्द्रीय समितिको बैठकमा प्रचण्ड र माधव नेपालले मापदण्ड टुंगो लागेको जानकारी दिएका थिए । त्यसरी मापदण्ड तय गर्न अध्यक्ष माधव नेपालको नेतृत्वमा कार्यदल पनि बनेको थियो । कार्यदलले छलफल गरेपछि मापदण्डको अन्तिम टुंगो भने सचिवालयले लगाएको हो । स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले पदपूर्ति सम्बन्धमा मापदण्ड र आधार तय भइसकेको जानकारी दिए ।

उनले भने, ‘कार्यदलले पार्टी एकता र पदपूर्ति टुंगो लगाउने सहमति जुटाएपछि सचिवालयले टुंगो लगाइसकेको छ ।’ ७ फागुनमै प्रचण्ड र माधव नेपालले हस्ताक्षर गरेर आधारपत्र पार्टी कमिटीलाई जानकारी दिइसकेका छन् ।

प्रचण्ड–माधव समूहले तय गरेको मापदण्डअनुसार पूर्व माओवादी र पूर्व एमाले समूहबाट आधा–आधा हुने गरी पार्टी कमिटीमा पदपूर्ति हुनेछ । प्रदेश र जिल्ला इञ्जार्ज र सह–इञ्चार्जलगायतका पार्टी पदाधिकारीमा जुन पक्षबाट रिक्त भएको हो, सोही पक्षबाट पूर्ति गर्ने सहमति जुटेको छ । अर्थात् पूर्व माओवादी वा एमालेको कोटामा पूर्व एमालेले वा पूर्व माओवादीले भाग पाउने छैन । पूर्व समूहको आधारमा पदपूर्ति गर्दा पदाधिकारीमा सकेसम्म ५०–५० प्रतिशत हुनुपर्नेछ । त्यसरी नियुक्त गर्दा वरिष्ठतालाई भने ध्यान दिनुपर्नेछ ।

यी हुन् पदपूर्तिका नौ आधार
१) प्रदेश र जिल्लाका इञ्जार्ज र सहइञ्चार्जलगायतका पार्टी पदाधिकारीमा जुन पक्षबाट रिक्त भएको हो, सोही पक्षबाट पूर्ति गर्ने । त्यसमा ५०र५० प्रतिशत हुने गरी पदाधिकारी राख्दा वरिष्ठतामा ध्यान दिने ।
२) पार्टी कमिटीमा ५०र५० प्रतिशत हुने गरी विशेष स्थितिको विशेष व्यवस्था गर्ने ।
३) पार्टी कमिटी र जनसंगठनमा वरीयतालाई प्राथमिकता दिने ।
४) एकीकरणको काम वा रिक्त पदको पूर्ति विशिष्ट स्थितिमा स्थानीय आवश्यकताअनुसार प्रदेश कमिटीले निर्णय गर्ने ।
५) पार्टी केन्द्रीय कमिटी सदस्य स्थान रिक्त रहेको ठाउँमा दस्यको चयन नहुदाँसम्म केन्द्रीय निकायले गर्नुपर्ने जिम्मेवारीका लािग केन्द्रीय प्रतिनिधिले गर्ने ।
६) पूर्वएमालेमा फुटपरस्तले कार्यकर्ता भ्रमित तुल्याउने प्रयास गरेकाले जिम्मेवादरी प्रदान गर्दा ध्यान दिने ।
७) प्रदेश कमिटीका सदस्यहरूको पूर्ति प्रदेश समितिको सिफारिशमा केन्द्रले गर्ने ।
८) पार्टी पक्ति उत्साहित हुने जिम्मेवारी औचित्यपूर्ण देखिने र विद्यमान चुनौतीको सामना गर्न सक्ने स्थिति निर्माण हुन सक्ने नेतृत्व चयन गर्ने ।
९) यथाशीघ्र रिक्त स्थानहरू पूर्ति गर्ने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७